माओबादी द्वन्द्वको बेला राखिएको बम पड्किएर दाङस्थित पूर्व–पश्चिम राजमार्गमा भ्वाङ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

माओबादी द्वन्द्वको बेला राखिएको बम पड्किएर दाङस्थित पूर्व–पश्चिम राजमार्गमा भ्वाङ

घोराही। पूर्व–पश्चिम राजमार्गको दाङस्थित ढकरी नजिकै बम पड्किएर सडकमा भ्वाङ परेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिबार राति दाङको राप्ती सोनारी गाउँपालिका–९ ढकरी नजिकैको सडकमा बम पड्किएको हो। द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको प्रहरीले जनाएको छ। बम पड्केर कुनै क्षति भएको छैन । प्रहरीले अनुसन्धान गर्दा अहिलेसम्म सडकमा कसैले बम राखेको नदेखिएको जनाएको छ।

पिच सडकको सडक नखनिएकै अवस्थामा सडकमा भ्वाङ पर्ने गरी क्षति पुगेको छ। सडक विभागले सो क्षेत्रमा अहिले एकतर्फी सवारी साधन चलाई रहेको छ।

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० आश्विन १, १४: २६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०८० आश्विन १, १४: २६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०८० आश्विन १, १४: २६

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...