प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री स्टोरेबीच भेटघाट – Naya Bikalpa
August 5, 2026, Wednesday      Epaper

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री स्टोरेबीच भेटघाट

न्यूयोर्क। संयुक्त राष्ट्रसङ्घको ७८औं महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा भेटघाट भएको छ।

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो।

दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी थिए।

प्रधानमन्त्री दाहालले राष्ट्र सङ्घको फोरममा भेटघाट तथा संवादलाई निरन्तरता दिइरहेका छन्।

सम्बन्धित समाचार

एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ : मन्त्रालय
एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ : मन्त्रालय
  • २०८० आश्विन ४, १३: ५६

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ ।...

आज यी स्थानमा वर्षा हुने
आज यी स्थानमा वर्षा हुने
  • २०८० आश्विन ४, १३: ५६

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई...

सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सहयोग गरेनन् : मन्त्री रावल
सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सहयोग गरेनन् : मन्त्री रावल
  • २०८० आश्विन ४, १३: ५६

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्वासीका समस्या समाधानमा सरकार गम्भीर...