सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालिन कर्फ्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालिन कर्फ्यु

मलंगवा। सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका क्षेत्रमा बिहीबार राती १० बजेदेखि अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।

बिहीबार राति मूर्ति सेलाउने क्रममा भएको विवाद सम्बन्धी विषयलाई लिएर मलंगवा नगरपालिका क्षेत्रमा अशान्ति मच्चिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले स्थितिलाई नियन्त्रणमा लिन अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।

पुरानो मलंवाङ्गवा नगरक्षेत्र पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट र बाबा पेट्रोल पम्पसीमा क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने र भेला हुन नपाइने कर्फ्यु आदेशमा भनिएको छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले कफर््युको समयमा बाहिर हिँडडुल गर्न एवम् अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी अर्को आदेश वा व्यवस्था नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जनाइएको छ।

बिहीबार साँझदेखि नै मलंगवामा प्रदर्शन भएको थियो। त्यसक्रममा प्रहरी प्रशासनले सम्झाइ बुझाइ गर्दा प्रदर्शनकारीहरु आगजनी र तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रुग्यास र हवाइ फाइर गरेको थियो।

त्यति गर्दा पनि प्रदर्शनकारीहरुले आफ्ना गतिबिधि नरोकेपछि कर्फ्यु आदेश जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन ५, १५: ४९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन ५, १५: ४९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० आश्विन ५, १५: ४९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...