
काठमाडौं । मित्रराष्ट्र भारतले नेपाल सरकार र नेपाली नागरिकका हितका लागि दिँदै आएको सहयोग र विकास साझेदारीले पछिल्ला दिनमा झन गति लिएको छ।
गत पुस ११ गतेदेखि नेपाल सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा नेपालका धेरैजसो परियोजनामा भारत सरकारको सहयोगको आकार र परिमाणमा समेत बृद्धि भएका छन्।
गत जुन महिनामा प्रधानमन्त्री दाहाल भारत भ्रमणको समयमा नेपालको जलविद्युत अयोजनाबाट उत्पादित १० हजार मेगावाट विद्युुत खरिद गर्ने सहमति एक ऐतिहासिक घटनाको रुपमा लिइएको छ।
पारस्परिक लाभका लागि भारत–नेपाल उर्जा सहकार्य अन्तरगत भारतले दश वर्षमा १०हजार मेगावाट विद्युत खरिद गर्ने सहमतिको प्रतिबद्धतालाई यथार्थमा बदल्दै यस वर्ष मात्रै भारततर्फ थप १८० मेगावाट विजुली निर्यात स्वीकृत भइसकेको छ ।
नेपालले अब भारततर्फ ६३१ मेगावाट उर्जा निर्यात गर्न सक्नेछ। उर्जा निर्यातका लागि डे अहेड बजारबाहेक मध्यावधि र रियल टाइम बजार उपलब्ध
उर्जा निर्यातका लागि १३२ केभी टनकपुर–महेन्द्रनगर प्रसारण लाइन थप गरिएको छ।
प्रधानमन्त्री दाहालको गत जुनमा भएको भारत भ्रमण पछि भारत–नेपाल विकास साझेदारीले नेपालको उर्जा क्षेत्रमा उत्साहजनक उपलब्धि हासिल गर्ने विश्वास गरिएको छ।
भारतीय सहयोगमा पुननिर्माण र विस्तार गरिएको कुर्था–बिजरपुरा रेलमार्गको सञ्चालनले भारत र नेपालका जनता–जनताबीचको सम्पर्कलाई सुदृढ बनाउदै लैजाने विश्वास गरिएको छ ।
नेपाली दाजुभाई तथा दिदिबहिनीको हितका लागि भारत–नेपाल विकास सहकार्य अन्तरतग भारतीय अनुदानमा निर्मित सामुदायिक विकास परियोजनाहरुको निर्माण पछि हस्तान्तरण भएका छन्।
संखुवासभा जिल्लाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसका लागि निर्मित क्याम्पस भवनको गत भदौ २० गते, सुदूरपश्चिम प्रदेशको टिकापुर बहुमुखी क्याम्पस (कैलाली), पशुपति शिक्षा मन्दिर र सिद्धनाथ माध्यमिक विद्यालय (कञ्चनपुर जिल्ला)को भदौ ३१ गते निर्माण गरी हस्तान्तरण कार्य सम्पन्न भएका छन् ।
सन् २००३ यता स्थानीय जनताको हितका लागि नेपालको विभिन्न जिल्लामा पाँच सय ४६ वटा परियोजना सञ्चालन गरिरहेको छ।
यही परियोजना अन्तर्गत काठमाडौं जिल्लाको चन्द्रागिरीस्थित विष्णुदेवी माध्यमिक विद्यालयको भवनको पुनर्निर्माण सम्पन्न गरी साउन ३० गते हस्तान्तरण भएको छ भने दार्चुला, संखुवासभा र उदयपुर जिल्लामा शिक्षा, खानेपानी आपूर्ति तथा सरसफाईको क्षेत्रमा ४ वटा सामुदायिक विकास परियोजना निर्माणका लागि समझदारीपत्रमा गत श्रावण १९ गते हस्ताक्षर भएको छ।
नेपालका विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स तथा ५० वटा स्कुलबस उपहारस्वरुप गत साउन ३१ गते प्रदान गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।
भारत सरकारले हालसम्म नौ सय ७४ वटा एम्बुलेन्स र दुई सय ३४ वटा स्कुलबस उपहारस्वरुप प्रदान गरिसकेको छ।
हाम्रो साझा सांस्कृतिक सम्पदाको प्रवर्धनका लागि–भारत–नेपाल सहकार्य अन्तर्गत ललितपुरस्थित नापीचन्द्र महाविहारको भूकम्पपछि पुनर्निर्माण गरी गत भदौ १८ गते हस्तान्तरण भइसकेको छ ।
यस्तै भारत सरकारको सहयोगमा बुढानीलकण्ठ नगरपालिकास्थित बुढानीलकण्ठ धर्मशालाको पुनर्निर्माण गरी गत असार २० गते हस्तान्तरण भएको छ भने भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्रले लुम्बिनीको भूमिपूजन समारो गत साउन २१ गते आयोजना गरेको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...