
बीरेन्द्रनगर। सुर्खेतमा एक १३ वर्षे किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले एक जना १९ वर्ष र अन्य तीन जना १५ र १६ वर्षका रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक (डिएसपी) लक्ष्मण शाहीले जनाए।
सुर्खेतको बाबियाचौरकी १३ वर्षीया बालिका नाचगान हेर्न गएको बेलामा बलात्कार भएको प्रहरीले जनाएको छ। प्रहरीमा दिएको बयानअनुसार नाचगान हेर्न जाँदा साँझ ९ बजेतिर पिसाब लागेपछि नजिकैको सडकमा आउँदा त्यही गाउँका १९ वर्षीय एक युवाले उनको मुख छोप्दै समातेका थिए।
बलात्कार गर्न खोज्ने युवाबाट भागेर त्यही नाचगान भएको ठाउँमा गएकी उनलाई त्यही गाउँका १६ र १५ वर्षीय दुई किशोरले ‘एक छिन काम छ, बहिनी’ भन्दै घर पछाडि बोलाएका थिए।
ति किशोरी उनीहरुसँगै गएपछि मुख छोपेर हातखुट्टा समात्दै एक घरमा लगेर बेलुका ११ बजेतिर उनीहरूले बालिकालाई बलात्कार गरेका थिए। त्यसपछि उनीहरु नाचगान भएकै ठाउँमा फर्किए।
केही समय बालिका अचेत भइन् र होस खुलेपछि उनी नजिकै छिमेकीको गाई गोठको माथिल्लो तलामा गएर सुतेकी थिइन्। त्यहाँ पनि तिम्रो घरबाट बोलाएका छन् भनेर जबरजस्ती बलात्कार भएको बालिकाले प्रहरीमा बयान दिएकी छिन्।
यसरी राति ९ बजेदेखि दुई बजेसम्म फरक–फरक स्थानमा एकै रात तीन जनाबाट बलात्कृत र एक जनाबाट बलात्कारको प्रयास भएकी उनी शारीरिक र मानसिक रूपमा विक्षिप्त भएको प्रहरीले जनाएको छ।
बिहान पख मात्रै बालिकाका साथीहरूले घरमा भनेपछि आफूले थाहा पाएको उनकी आमाले बताइन्। उनका अनुसार बालिकालाई एक वर्षको उमेरदेखि नै कुपोषण लागेको थियो।
पोषण पुनःस्थापना गृहमा ल्याएपछि उनलाई सुधार भएको थियो। बलात्कार आरोपमा पक्राउ परेका सबैले एकअर्कालाई राम्ररी चिन्ने र एउटै गाउँको भएका कारण बलात्कारको घटना योजनाबद्ध रूपमा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...