
काठमाडौं। विशेष अदालतले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको छ।
विशेष अदालतका सदस्यद्वय यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले उनलाई भ्रष्टाचारी ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री श्रेष्ठले गैरकानुनी रुपमा अकुत सम्पति कमाएको भन्दै दायर गरेको मुद्धामा दोषी ठहर भएका हुन्।
उनले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै आयोले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो।
नेपाल सरकारको पूर्वसचिवसमेत रहेका श्रेष्ठ खिलराज रेग्मी नेतृत्वमा २०७० गठित गैरदलिय सरकारमा मन्त्री थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...