
काठमाडौं । काठमाडौं उपत्यकाको खानेपानीे समस्यालाई समाधान गर्ने उद्देश्यले निर्माण भएको मेलम्ची खानेपानी आयोजनाको पानी अब नागार्जुन नगरपालिका क्षेत्रमा पनि केयूकेल मार्फत वितरण गरिने भएको छ।
नागार्जुन नगरपालिकाको स्युचाटारवासीको खानेपानीे समस्या दीर्घकालिन रुपमा समाधान गर्ने उदेश्यले मेलम्चीको खानेपानी वितरणका लागि काठमाडौं महानगरपालिका वडा नं. १४स्थित एलएरआई स्कुलको मुख्य गेट अगाडिबाट नगरको वडा नं.१०स्थित तारकेश्वर खानेपानीे रिजर्भ ट्याङ्की हुँदै वडा नम्वर ९स्थित खानेपानी टैंकीबाट नगरवासीलाई समेत वितरण गर्ने गरी पाईपलान विछ्याउने कार्यको शुरुवात गरिएको हो ।

नगरवासीलाई घर घरमा शुद्ध पानी वितरण गर्ने उदेश्यले नगरप्रमुख मोहन बहादुर बस्नेतले सोमबार विशेष समारोहकाबीच खानेपानीको पाईपलाईन बिछ्याउने कार्यको शिलान्यास गरे।
स्थानीय स्युचाटारवासीलाई पानीको आपूर्ती गर्नका लागि ८० लाख रुपैयाँ विनियोजन गराएकोमा टेण्डर आव्हान गर्दा करुणा विल्डर्स एण्ड सप्लायर्सले करिव ५३ लाख रुपैयाँमा ठेक्का पाएर दुई हजार २ सय मिटर पाईप बिछ्याउने कार्य गरिरहेको छ।

मेलम्चीको खानेपानी महानगरबाट नागार्जुन नगरपालिका वडा नं १०, ९ साथै वडा नम्वर ७ को तल्लो बस्तीसम्म पुर्याउने उदेश्यले पाईपलाइन बिछ्याउने शिलान्यास कार्यक्रममा काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उपप्रवन्धक ई.रमेश केसी, १० नम्वर वडाध्यक्ष सुन्दरबहादुर केसी, वडा नं ९ का वडाध्यक्ष रामकृष्ण भट्टराई, समाजसेवी रिता ढकालसहितको उपस्थिति थियो।

कार्यक्रममा स्यूचाटार खानेपानी तथा सरसफाई समितिका अध्यक्ष बच्चुराम केसी, समिति सल्लाहकार दामोदर प्रसाद दवाडी, तारकेश्वर खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रद्युम्न केसी, अमरज्योति माध्यमिक विद्यालयका प्राधानाध्यापक सुन्दर पन्त, वडा नम्वर ७का पूर्वअध्यक्ष रमेशप्रसाद गौतम, समाजसेवी भाइराम थापा, बन्दना खड्का, श्यामकृष्ण खड्का, वडा सदस्यहरु इसु खड्का, विदुर पन्त, पुनम फागोका साथै माधव खतिवडा, शीतल भित्रकोटी, कल्याणी खड्का, सानीमैया खड्कासहित विभिन्न राजनीतिक दलका नेता तथा स्थानीयवासीको उपस्थिति थियो।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...