
काठमाडौं। नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन्।
कांग्रेसको १४औँ महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापतिमा निर्वाचित खड्काले बुधबार दिउँसो २ बजे पार्टी केनद्रीय कार्यालय सानेपामा पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलसमक्ष राजीनामा दिएका हुन्।
खड्काले पार्टी केन्द्रीय कार्यालयमा पुगेर केन्द्रीय सभापति शेरबहादुर देउवालाई संवोधन गर्दै राजीनामा बुझाएका थिए।
२०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा संखुवासभाबाट निर्वाचित खड्काले प्रतिनिधिसभा सदस्य भएपछि काठमाडौँमा धेरै समय बिताउनुपर्ने र जिल्लाको पार्टी सङ्गठनलाई पर्याप्त समय दिन नसकेको भन्दै राजीनामा दिएका हुन्।
“सङ्खुवासभामा विसं २०७० र २०७९ सालको निर्वाचनमा कांग्रेसलाई विजयी बनाएको र आगामी दिनमा पनि कांग्रेसको सङ्गठनलाई मजबुद बनाउन जिल्लामा रहेका साथीहरुलाई काम गर्ने वातावरण निर्माण गर्न सभापति पदबाट राजीनामा दिएको हुँ”, उनले भने।
पार्टीको संस्थापन इत्तर पक्षका सांसद भनेर चिनिएका खड्का पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइराला निकटका हुन् । पार्टीको संसदीय दलको निर्वाचना भने खड्काले पार्टी सभापति समेत रहेका शेरबहादुर खदेउवालाई भोट दिएका थिए।
नेता खड्काले आफू जिल्ला सभापति पदमा नरहे पनि अब बन्ने सभापतिलाई सहयोग गर्दै पार्टी र जनाताको काममा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...