मणिपाल अस्पतालका डाक्टर कुट्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मणिपाल अस्पतालका डाक्टर कुट्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित

पोखरा। पोखराको मणिपाल अस्पतालमा डिउटीमा रहेका चिकित्समाथि कुटपिट गर्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) मदन श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ।

प्रहरी निरीक्षक श्रेष्ठलाई अनुसन्धान अवधिभरका लागि निलम्बन गरिएको प्रहरीले जनाएको छ। उनीमाथि गृह मन्त्रालयले छानबिन गर्न समिति बनाएको र उक्त अवधिसम्मका लागि श्रेष्ठलाई निलम्बन गरेको हो।

यसअघि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि आवश्यक कारर्वाही गर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिवद्धताजनाएका थिए।

चिकित्सकमाथि पटक–पटक आक्रमण भएको भन्दै बुधबार चिकित्सकहरु माईतिघर मण्डलामा प्रदर्शनमा उत्रिएपछि चिकित्सक संघका प्रतिनिधिसँगको छलफलमा गृहमन्त्री श्रेष्ठले यस्तो प्रतिवद्धता जनाएका थिए।

बुधबार संघका प्रतिनिधि र सरकारबीच भएको छलफलमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सरकारले प्रतिवद्धता जनाएको थियो।

मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए।

मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा हरेक स्वास्थ्य सस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्न पनि सरकार तयार भएको छ।

अहिले जहाँजहाँ घटना भएको छ, त्यसमा संलग्नहरुलाई ऐन अनुसार नै कारबाही गर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिवद्धता जनाएका चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले जानकारी दिए।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, नेपाल मेडिकल काउन्सिल, चिकित्सक संघ, नर्सिङ संघ लगायतका प्रतिनिधिको उपस्थिति थियो।

रेजिडेन्ट चिकित्सकहरुले डाक्टरमाथि आक्रमण गर्नेलाई पुर्पक्षका लागि थुनामा पठाएर घटनाको अनुसन्धान गर्नुपर्ने माग राखेका छन्। उनीहरुले यो माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन १०, १८: ११

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० आश्विन १०, १८: ११

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन १०, १८: ११

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...