भ्रष्टाचार आरोपमा त्रियुगाका पूर्वनगर प्रमुख र प्रशासकिय अधिकृतसहित ४विरुद्ध मुद्दा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भ्रष्टाचार आरोपमा त्रियुगाका पूर्वनगर प्रमुख र प्रशासकिय अधिकृतसहित ४विरुद्ध मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाका तत्कालिन नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, राजस्व प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरी, प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की र राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकालसहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।

अख्तियारका अनुसार तत्कालिन नगर प्रमुख चौधरीले आर्थिक वर्ष २०७८÷०७९ मा नगरपालिकाभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ ढुङ्गा, ग्राभेल, बालुवा उत्खनन, सङ्कलन, बिक्री कर उठाउने गरी ठेक्का दिए पनि राजश्व नउठाएर राजश्व हिनामिना गरेका थिए।

ठेक्का प्रकरणमा न्यूनतम अङ्क कायम गर्ने निर्णय गरी नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय तथा प्रतिवेदनअनुसार अनुमानित राजस्व रकमसमेतलाई बेवास्ता गरी मिलेमतोमा वास्तविक उठाउनु पर्ने राजस्व रकम नउठाई राजस्व चुहावट भएको ६१ लाख ९१ हजार २०४ रुपैयाँ २२ पैसा र ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानूनी ढङ्गले उत्खनन र बिक्री गर्न दिएर राजस्व १८ लाख ४४ हजार १७७ रुपैयाँ ९४ पैसा चुहावट भएको अख्तियारले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत कार्कीले प्रतिवेदन तथा नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयसमेतलाई अनदेखा गरी बरुवा, त्रियुगा खोला र सुनकोशी नदीबाट नदीजन्य पदार्थ उत्खनन र बिक्री कार्यको लागि न्यूनतम ठेक्का कायम गर्न निर्णय–स्वीकृत गर्ने कार्यमा सहभागी भई कार्कीले आफूसमेतले निर्णय र सम्झौता गरेको अख्तियारको दाबी छ।

नदीजन्य पदार्थको उत्खनन र बिक्री कार्यको अनुगमन, सुपरिवेक्षणसमेतको कार्य गरी गराई नदीजन्य पदार्थको दुरुपयोग तथा हानि नोक्सानी गरी राजश्व चुहावट हुन गर्न नदिने तर्फ उपर्युक्त व्यवस्था समेत गर्नुपर्नेमा सो कार्य नगरी ठेक्का नै नभएको माटो भरौटे र बलौटे समेतको १८ लाख, ४४ हजार, १ सय ७७ रुपैयाँ ९४ पैसा राजश्व चुहावट गरेको देखिएको अख्तियारले जनाएको छ।
यसैगरी नगरपालिकाका तत्कालीन राजस्व शाखा प्रमुख ढकालले नदीजन्य सामग्रीको ठेक्का दिँदा ठेक्काको न्यूनतम रकम कायम गर्न मिलेमतो गरेको पाइएको छ।

जसका कारण राजस्व चुहावट भएको ६२ लाख ९१ हजार २०४ रूपैका २२ पैसा र ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानूनी ढङ्गले उत्खनन र बिक्री गर्न दिएको कारण १८ लाख ४४ हजार १७७ रुपैयाँ ९४ पैसा चुहावट भएको अख्तियारको ठहर छ ।

साथै निश्चल ट्रेडर्स हेटौडाका प्रोप्राइटर तथा ठेकदार राजेश बछारले तत्कालीन नगर प्रमुख चौधरी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्की र तत्कालीन राजस्व शाखा प्रमुख ढकालसमेतसँग मिलेमतो गरी सम्झौताको सर्त विपरीत बोलपत्र र सम्झौता नै नभएको, दरभाउ नै पेश नभएको नदीजन्य पदार्थ उत्खनन, बिक्रीसमेत गरेको आरोपमा उनस्विरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन १०, १८: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० आश्विन १०, १८: २५

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० आश्विन १०, १८: २५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...