चिकित्सक र स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेमाथि कारबाही गर्न कर्मचारी युनियनको माग – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

चिकित्सक र स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेमाथि कारबाही गर्न कर्मचारी युनियनको माग

काठमाडौं। विगत केही दिनदेखि चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएका सांघातिक आक्रमण गर्नेलाई कारबाही गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कर्मचारी युनियन बीर अस्पतालले माग गरेको छ।

युनियनको बीर अस्पतालका सचिव दीपक मुडबरीले प्रेस विज्ञप्ति जारी गर्दै घाटनाको घोर निन्दा र भत्सर्ना गरेका हुन्। बिरामी पक्षलाई उपचारमा हेलचेक्य्राइँ भएको लागे छानबिन र कारबाहीका लागि विधिवत् प्रक्रियामा जाने बाटो खुला रहेको मुडबरीले जनाएका छन् ।

उनले कानुनी उपचार खोज्नुको साटो भौतिक आक्रमणमै उत्रिनु दण्डनीय रहेको जनाउँदै सुरक्षित कार्यस्थलको लागि सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

युनियनाद्वारा जारी विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमाथि सांघातिक आक्रमण गरी गम्भिर घाईते बनाएको, स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई आतंकित पारी शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाहमा खलल पुर्याएको तथा अस्पताल नै तोडफोड गरिएको घटनाले युनियनलाई स्तव्ध बनाएको जनाइएको छ।

‘चिकित्सक तथा स्वास्थ्यकर्मीमाथिी सुनियोजित रुपमा गरिएको सांघातिक आक्रमणमा संलग्न दोषीलाई स्वास्थ्य संस्थाको सुरक्षा ऐन २०६६ (पहिलो संशोधन २०७९) बमोजिम चिकित्सक तथा स्वास्थ्यकर्मीलाई हातपात गर्ने अस्पताल तोडफोड गर्नेहरुलाई यथाशिघ्र कानूनी कानूनी कारबाही गर्न यो युनियन जोढडदार माग गर्दछ’, विज्ञप्तिमा जनाइएको छ।

सेवाग्राही प्रति सँधै गुणस्तरिय, भरपर्दो र सहज सेवा प्रवाहको लागि प्रतिवद्धता जाहेर गर्दै युनियनले सुरक्षित कार्यस्थलको लागि सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन ११, १३: ३१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन ११, १३: ३१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० आश्विन ११, १३: ३१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...