
काठमाडौं । भारतको नयाँ दिल्लीमा सोमबारबाट शुरु भएको ४७औं इण्डो–प्यासिफिक सैन्य सम्मेलनमा भाग लिन गएका विभिन्न देशका सेनाप्रमुखले भारतीय भारतीय सेनाका प्रमुख (चीफ अफ आर्मी स्टाफ) महारथी मनोज पाण्डेसँग भेटवार्ता गरेका छन् ।

सम्मेलनपछि भारतीय सेनाध्यक्ष पाण्डे र नेपाली सेनाका प्रमुख प्रभुराम शर्माबीच भेटवार्ता भएको छ। पाण्डेले बंगलादेश, न्युजील्याण्ड, बेलायत, कम्बोडियो, फ्रान्स र मलेसियाकाका सेना प्रमुखसँग पनि भेट गरेका छन्।

इण्डो प्यासिफिक सैन्य सम्मेलन २०२३ मा सहभागी हुन प्रधानसेनापति शर्मा गत आइतबार त्यसतर्फ गएका थिए।
जहाँ ४७औं इण्डो प्यासिफिक आर्मी म्यानेजमेण्ट सेमिनार सम्पन्न भएको थियो।

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका...
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...