शनिबार भएको पेट्रोलियम पदार्थको मुल्यबृद्धि आइतबार फिर्ता – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
आयल निगमको नाटकीय निर्णयहरु

शनिबार भएको पेट्रोलियम पदार्थको मुल्यबृद्धि आइतबार फिर्ता

काठमाडौं। नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी गरेको पेट्रोलियम पदार्थमा गरेको अस्वभाविक मुल्यबृद्धि फिर्ता लिने निर्णय गरेको छ।

आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने निगमले जनाएको छ। निगमले नेपालीहरुको महान चाड विजया दशमी र तिहारको मुखमा आएर खाना पकाउने ग्यासमा मात्र प्रति सिलिण्डर २१५ रुपैयाँको दरले बृद्धि गरेको थियो।
निगमले डिजेल, मट्टितेल र पेट्रोलमा समेत ३ देखि ६ रुपैयाँसम्म प्रतिलिटर मुल्य बृद्धि गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएपछि आइतबार राति १२ बजेदेखि लागू हुने गरी वृद्धि गरिएको मूल्य घटाइएको निगमले जनाएको छ।

मूल्य वृद्धिलाई मुल्य स्थरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने निगमले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन १४, १५: ५२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० आश्विन १४, १५: ५२

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० आश्विन १४, १५: ५२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...