
काठमाडौं । नेपाली कांग्रेस रुपान्तरण अभियानमा जोडिएका संस्थापनइत्तरका नेताहरुले बिपी कोइरालाका कार्यकर्ता गएर पनि कांग्रेसले परिवर्तनलाई आत्मसाथ गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन्।
आइतबार राजधानीमा आयोजित ‘१४औं महाधिवेशनको संकल्प, उत्साह, एकता र रुपान्तरण’ विषयक विचार गोष्ठीमा कांग्रेस महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुन नरसिंह केसी, पूर्वकेन्द्रीय प्रवक्ता दिलेन्द्रप्रसाद बढु, केन्द्रिय सदस्यहरु प्रदिप पौडेल, मधु आचार्य, अजयबाबु शिवाकोटी, गणेश लामासहित प्रदेश सभापति, जिल्ला सभापतिसहित रुपान्तरण अभियानककर्मीहरुको उपस्थिति थियो।
‘आवेगमा होइन विवेकले काम गरी मरेकाले जोगाएको भन्ने चिनारी बोकेको पार्टीलाई अब नयाँ शिराबाट समग्र नेपाली राजनिति र नेपाली कांग्रेसको राजनितिलाई डोर्याउन जरुरी रहेको विषयमा वक्ताहरुले जोड दिएका थिए।
गोष्ठीमा सहभागीहरुले दिएका सम्पुर्ण सुझावलाई आत्मसात गरेर विगतको भन्दा परिमार्जित भएर ढृढ संकल्पका भाषण भन्दा पनि कामलाई मुख्य अंग बनाएर रुपान्तरण अभियानलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
करिब ५ घण्टा चलेको कार्यक्रममा सहभागी भई रुपान्तरण अभियानले उठाएको सम्पुर्ण मुद्दामा ऐक्यबद्दता जनाउनेहरुप्रति नेता तथा संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसीले धन्यवाद दिएका थिए।


ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...