
बाँके । वाँके जिल्लाको सदरमुकाम नेपालगञ्ज उपमहानगर क्षेत्र धार्मिक सहिष्णुता कायम हुन नसक्दा तनाबग्रस्त बनेको छ।
जिल्ला प्रशासन कार्यालय वाँकेले कर्फ्यू लगाएको भए पनि स्थिति नियन्त्रण बाहिर गएको छ। हिन्दु र मुस्लिम समुदायबीच अचानक तनाब बढे पछि मंगलबारदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको थियो।
जिप्रका वाँकेले आज दिउँसो एक बजेदेखि लागू हुने गरी अनिश्चितकालसम्म कफ्र्यु जारी गरे पनि शहरका चोक चोकमा कर्फ्यू उलङ्घन गर्दै प्रदर्शन हुन थालेका छन्।
जिप्रका वाँकेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१०) ३० बमोजिम कर्फ्यू आदेश जारी गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो।
अचानक दिउँसादेखि स्थिति असहज हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले नेपालगञ्ज नगर क्षेत्र पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासहितको चार किल्ला सिमा करफ्यू आदेश जारी गरेको हो।
प्रशासनले सो क्षेत्र भित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस ¥याली गर्न, हुल हुज्जत गर्न र हिँडडुल गर्न समेत नपाईने गरी कर्फ्यू आदेश जारी गरेको हो ।
स्थानीय प्रशासनले असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको ‘हिंसात्मक’ स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले विरोध ¥याली आयोजना गरेको थियो।
आज मात्रै ओमकार परिवार हिन्दु समाजले निकालेको रयालीको क्रममा विवाद बढ्दै गएपछि दुबै पक्षबिचमा असहज झडपको स्थिति उत्पन्न हुन गएको थियो।
नेपालगंज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शन भए पछि कर्फ्यू लगाउनु परेको प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिए।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...