हिमालय एयरलाइन्सले दुबईमा अलपत्र पार्यो १६४ नेपाली यात्रुलाई – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

हिमालय एयरलाइन्सले दुबईमा अलपत्र पार्यो १६४ नेपाली यात्रुलाई

काठमाडौं। हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र परेका छन्।

बिहीबार दुबईबाट नेपाल फर्किन विमानस्थल पुगेका उनीहरु अलपत्र परेका हुन्। दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आउन लागेकाक यात्रुहरु अलपत्र परेको २४ घण्टा पुग्न लाग्दा पनि एयरलायन्सले कुनै जनकारी नदिएको पीडित यात्रु सुवास न्यौपानेले बताए।

विमानस्थलको फ्लाइट इन्फर्मेशन डिस्प्ले सिस्टममा पटक–पटक जहाज डिले भएको जानकारीपछि यात्रुहरु एयरलाइन्सको सेवाप्रति आक्रोशित बनेका थिए।
उडान नम्बर एच नाइन ५६८ को जहाजको उडान तालिका पाँचपटक परिवर्तन गरेको थियो।

यात्रुलाई समस्या समाधान गर्नुपर्ने दुबईमा रहेका हिमालय एयरलाइन्सका कन्ट्री म्यानेजर विमानस्थल भित्रै लुकेर बसेको यात्रुहरुको गुनासो छ। काउन्टरमा एयरलाइन्सका कोही पनि प्रतिनिधि छैनन्।

यात्रुलाई जहाजमा प्राविधिक समस्या आएको जानकारी गराए पनि उनीहरुको व्यवस्थापनाप्रति एयरलाइन्स गम्भीर नबनेकोले यात्रुहरुले गुनासो गरेका छन्।

विमानस्थलमै घण्टौँदेखि भोकभोकै यात्रु अलपत्र अवस्थामा उडानको पर्खाइमा छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको नियमअनुसार जहाजले उडान भर्न नसकेमा सम्बन्धित् एयसलाइन्सले कम्पनीकै खर्चमा यात्रुलाई तारे होटलमा राख्नुपर्ने व्यवस्था छ।

तर, हिमालय एयरलाइन्सले भने विमानस्थलमै यात्रुलाई भोकभोकै अलपत्र पारेको पीडित यात्रुहरु बताउँछन्।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जहाजमा देखिएको प्राविधिक समस्या परीक्षण गरिरहेको र यात्रुको अवस्थाबारे बुझ्ने काम भइरहेको जानकारी दिए। उनका अनुसार यात्रुलाई जति सक्दो चाँडो नेपाल ल्याइने छ।

 

सम्बन्धित समाचार

इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
  • २०८० आश्विन १९, १८: ३४

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट...

नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
  • २०८० आश्विन १९, १८: ३४

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका...

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
  • २०८० आश्विन १९, १८: ३४

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...