इजरायलमा १२ विद्यार्थी सम्पर्कविहीनः मन्त्री साउद – Naya Bikalpa
August 3, 2026, Monday      Epaper
एनआरएनएका पूर्वअध्यक्ष ओली भन्छन्– ७ नेपाली विद्यार्थीको मृत्यु

इजरायलमा १२ विद्यार्थी सम्पर्कविहीनः मन्त्री साउद

काठमाडौं। शनिबार प्यालेष्टाईनको हमास समूहले गरेको आतंकबादी आक्रमणमा परी १२ जना नेपाली विद्यार्थी हराई रहेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा इजरायलमाथि भएको आतंकबादी आक्रामणको बारेमा जानकारी दिँदै परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा रहेका १२ नेपाली सम्पर्कविहीन भएको जनाए।

इजरायलमा हमासबाट भइरहेको आक्रमणले सृजित परिस्थितिमा नेपालीको अवस्थाबारे जानकारी गराउँदै मन्त्री साउदले बेपत्ता १२ जना विद्यार्थीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट गएकाहरु भएको जनाए।

उनले १७ जना नेपालीहरूमध्ये दुईजना सकुशल रहेको र तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र बाँकी १२ जना सम्पर्कमा नभएको बताए। उनीहरुको स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको उनले जानकारी दिए।

‘दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएका हुन्। तेलअभिवस्थित नेपाली राजदूतावासका अनुसार सो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएको जनाए।

१२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुँदा स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको मन्त्री साउदले बैठकमा जानकारी गराए।

यसैबीच इजरायलमा भएको हमासको हमलामा परी ७ जना नेपालीको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले जनाएका छन्।
उनले घाइते भएका ७ जना नेपालीको मृत्यु भएको जनाएका हुन्।

उनका अनुसार आक्रमणमा परि थप केही नेपाली हताहती भएको हुनसक्ने अनुमान छ। मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो। कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो।

नेपाली दूतावास इजरायलले पनि घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको जनाएको छ। यद्यपि मृत्युबारे दूतावासले औपचारिक जानकारी नआएको भन्दै पुष्टि गरेको छैन।

सम्बन्धित समाचार

आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
  • २०८० आश्विन २१, १८: २३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...

पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
  • २०८० आश्विन २१, १८: २३

काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...

संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
  • २०८० आश्विन २१, १८: २३

जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...