धरहरामा भूमिगत पार्किङ शुरुः अब नयाँसडक सवारीसाधन मुक्त क्षेत्र हुने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

धरहरामा भूमिगत पार्किङ शुरुः अब नयाँसडक सवारीसाधन मुक्त क्षेत्र हुने

काठमाडौं। काठमाडौं महानगरपालिकाले चाडवाडलाई लक्षित गर्दै धरहराको भूमिगत तलासहित तीन तलामा निःशुल्क पार्किङ शुरू गरेको छ।

धरहरा क्षेत्रमा निःशुल्क पार्किङको व्यवस्था गरेसँगै महानगरले नयाँसडक क्षेत्रमा रहेको सवारी पार्किङ हटाउने र सवारी साधन प्रवेशमा रोक लगाउने योजना अघि बढाएको छ।

काठमाडौं महानगरपालिका वडा नम्वर –२२ को व्यवस्थापनमा दशैं तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै धरहरामा सोमबारदेखि पार्किङ शुरू गरि सकिएको छ।

सोमबार महानगरका प्रहरीसहितको टोलीसँगै पार्किङको अवस्थाबारे जानकारी लिन धरहरा पुगेका २२ नंम्वर वडाका अध्यक्ष चिनीकाजी महर्जनले स्थानीय र निजी सुरक्षागार्डको सहयोगमा पार्किङ खुला गराएका थिए।

उनले करिब डेढ महिनाको लागि निःशुल्क पार्किङ सुन्धारा क्षेत्रमा खुला गरेको र त्यसपछि व्यवस्थापन गर्नसके सधैंको लागि पार्किङ खुला गराउने योजना रहेको बताए।

पार्किङ गर्न मिल्ने भएपछि सफाइ गरी सुरक्षाकर्मी परिचालन गरेर निःशुल्क पार्किङको व्यवस्था मिलाइएको छ ।

महानगरिय प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले करिब ३ सयको हाराहारीमा दुईपाङ्ग्रे र करिब १ सय ५० जति चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्नेगरी व्यवस्थापन गरिएको जानकारी दिएका छन्।

कामपाले नयाँ सडक क्षेत्रको फुटपाथ क्षेत्र बढाएर सडकमा पार्किङ निषेध गर्ने तयारी गरेको छ। खाली क्षेत्र, सपिङ मलको भूमिगत तला खाली गराई ती क्षेत्रमा पार्किङ व्यवस्थापन गरी नयाँसडकलाई सवारीसाधनमुक्त बनाउने कामपाको तयारी रहेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन २३, १७: ४८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन २३, १७: ४८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० आश्विन २३, १७: ४८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...