पाँचथरका प्रशासकिय अधिकृत लिङ्देनद्वारा कार्यालय सहयोगीमाथि कुटपिट – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

पाँचथरका प्रशासकिय अधिकृत लिङ्देनद्वारा कार्यालय सहयोगीमाथि कुटपिट

फिदिम । मोबाइल फोनमा आएको ‘म्यासेज’लाई लिएर पाँचथरको याङ्वरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले कार्यालय सहयोगी छत्रप्रसाद सुवेदीलाई कुुटपिट गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा ‘फाइटर लिङ्देन’ नाम राखेका प्रमुख प्रशासकीय अधिकृत लिङ्देनको कुटपिटले सुवेदीको दायाँतर्फको आँखा छेउमा चोट लागेको छ।
उनको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ। यो घटना असोज २१ गते आइतबारको हो।

पीडित सुवेदीका अनुसार पहिले तिम्रो सिमबाट म्यासेज आयो भने तर कुन सिमबाट आयो? कस्तो म्यासेज आयो भन्ने केही थाहा छैन। त्यसपछि आइतबार बिहान क्वाटरमा बोलाएर हातपात गरे।

घटनापछि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेको कार्यकक्षमा कुटपिटमा संलग्न प्रमुख प्रशासकीय अधिकृत लिङ्देन र पीडित सुवेदी पक्षबीच छलफल भएको थियो।

गाउँपालिकाकी उपाध्यक्ष बाबा मेन्याङ्बोले कार्यालय सहयोगीलाई कुट्नु सरासर गलत भएको जनाइन ।

प्रेम सम्बन्ध घटनाको कारक?

कार्यालय सहयोगी सुवेदीको मोबाइल नम्बरबाट प्रमुख प्रशासकीय अधिकृत लिङ्देनको मोबाइलमा पठाएको भनिएको म्यासेजमा के छ? तथ्य बाहिरिएको छैन। तर, सोही म्यासेजलाई लिएर सुवेदीमाथि कुटपिट भएको हो।

स्रोतकाअनुसार प्रमुख प्रशासकीय अधिकृत लिङ्देन र गाउँपालिकाकै एक जना महिला कर्मचारीबीच लामो समयदेखि प्रेम सम्बन्ध छ। उनीहरूको प्रेम सम्बन्धबारे यसअघि नै छताछुल्ल भएको थियो। गाउँपालिकाका धेरै कर्मचारी, जनप्रतिनिधि र स्थानीयवासी उनीहरूको सम्बन्धबारे जानकार छन्।

कार्यालय सहयोगी सुवेदीमाथि भएको कुटपिटको कारक लिङ्देन र ती महिला कर्मचारीको सम्बन्धबारेको सन्देश भएको स्रोतको दाबी छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन २३, २०: ५५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन २३, २०: ५५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० आश्विन २३, २०: ५५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...