आठ हजार मिटर माथिका वाँकी ६ हिमाल आरोहण गर्ने पूर्णिमाको योजना – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
डिल्लीबजार कन्या क्याम्पसद्धारा हिमाल आरोही तथा पत्रकार श्रेष्ठलाई सम्मान

आठ हजार मिटर माथिका वाँकी ६ हिमाल आरोहण गर्ने पूर्णिमाको योजना

काठमाडौं। राजधानीको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले सफल हिमाल आरोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ।

विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वको दोश्रो अग्लो हिमाल पाकिस्तानको माउन्ट केटुसहित नेपालका ८ हजार मिटर अग्ला सात वटा हिमाल आरोहण गरिसकेकी श्रेष्ठलाई बुधबार क्याम्पसमा आयोजित कार्यक्रमा सम्मान गरिएको हो।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा.रुद्र शर्मा, क्याम्पस प्रमुख अपराजिता अर्याल, क्याम्पसको रिसर्च म्याजेन्मेन्ट सेलका संयोजक प्रा.डा.जयन्तनाथ खनालले श्रेष्ठलाई सम्मान गरेका थिजए।

गोर्खा जिल्लाको आरुघाट गाउँपालिका–९ मा जन्मिएकी श्रेष्ठ हालै २०२३ सेम्टेम्बर २६ (२०८० असोज ९) गते विना अक्सिजन मनास्लु हिमालको दोस्रो पटक पटक सफल आरोहण गरेर फर्किएकी हुन्।

उनी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो फोटो पत्रकार समेत हुन भने अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन्।

गतवर्ष वैशाख ३ गते ८ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकी श्रेष्ठले २०२३ जुलाई २७ (२०८० साउन ११ मा) पाकिस्तानमा रहेको ८ हजार ६११ मिटर अग्लो केटू हिमाल आरोहण गरेकी थिइन्। केटु सगरमाथापछि विश्वको दोस्रो अग्लो हिमाल हो।

२०७९ जेठ २० गते नेपालका ८ हजार मिटर अग्लो ७ वटा हिमाल चढ्ने पहिलो नेपाली महिला आरोहीको कीर्तिमान पनि बनाइ सकेकी श्रेष्ठले सन् २०१७ (सेप्टेम्बर २६) मा पहिलोपल्ट आठ हजार १६३ मिटरको मनास्लु हिमाल, सन् २०१८ मे १९ मा उनले सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) , सन् २०२१ अप्रिल १६ मा अन्नपूर्ण प्रथम (८,०९१ मिटर) र २०१९ नोभेम्बर १० मा आमादब्लम हिमाल (६,८१० मिटर ) को सफल आरोहणको गरेकी थिइन् । यस्तै २०२१ को १ अक्टोबरमा धौलागिरि (८,१६७ मिटर) र २०२२ को मे मा कञ्चनजङ्घा (८,५८६ मिटर), सन् २०२२ मे १६ मा ल्होत्से (८,५१६ मिटर) र २०२२ मे २७ मा मकालु (८,४८१ मिटर) को सफल आरोहण गरेकी थिइन् ।

सम्मान कार्यक्रममा बोल्दै आरोही श्रेष्ठले हिमाल आरोहण चुनौती र रोमाञ्चकतासंगै देश चिनाउने अभियान र नारी शसशक्तिकरणको अभियान भएको बताइन्।

उनले ८ हजार मिटर माथीका बांकी ६ वटा हिमाल आरोहण गरी आठ हजार मिटर माथीका १४ वटै हिमाल आरोहण गर्ने लक्ष्य रहेको जानकारी समेत दिइन्।

‘नारीहरुलाई समाजमा हेर्ने दृष्किोण फरक छ। कतिपय अवस्थामा हामी आफैं पनि यो काम गर्न सक्दैनौ भन्ने पन्छिन खोज्छौं । यी सबै कुरालाई पछाडी राखेर हिम्मत गर्दा चुनौतीका अगाडि विजय र अवसर भेटिन्छ’ सम्मान पछि उनले भनिन्।

नारी शिक्षाको लागि अग्रणी भूमिका खेल्ने डिल्लीबजार कन्या क्याम्पसले आमन्त्रण गरेर सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै उनले सबै नारीहरुलाई शिक्षा संगसैगै आफुले चाहेको केही फरक काम गरेर अघि बढ्न समेत सुझाव दिइन्।

सम्मान कार्यक्रममा क्याम्पस व्यस्थापन समितिका अध्यक्ष डा.रुद्र शर्माले श्रेष्ठको साहस र लगनबाट अन्य नारीहरुले पे्ररणा लिन सक्ने उल्लेख गरे।
क्याम्पस प्रमुख अपराजिता अर्यालले क्याम्पसले नारी शशक्तिकरणमा नै काम गरिरहेको उल्लेख गर्दै आरोही तथा पत्रकार श्रेष्ठको सम्मान पनि त्यसैको एउटा कडी भएको बताइन्।

क्याम्पसको रिसर्च रिसर्च म्याजेन्मेनट सेलका संयोजक प्रा.डा.जयन्तनाथ खनालले आरोही श्रेष्ठका अहिलेसम्मका आरोहणका लागि बधाई ज्ञापन गर्दे विश्वका अन्य अग्ला हिमाल आरोहणका लागि शुभकामना व्यक्त गरे।

२०३७ सालमा स्थापना भएको यस क्याम्पसमा स्नातक तहमा बीबीएस, बीए,बिबिएम तथा बीएड र स्नातकोत्तर तहमा एमए अंग्रजी,एमए समाजशास्त्र, तथा एमबीएसको अध्यन हुने गरेको छ।

हाल यो क्याम्पसमा करिब ७ सय छात्रा मानविकी तथा सामाजिक शास्त्र सङ्काय, शिक्षा संकाय र व्यवस्थापन संकायका गरी अध्ययनरत छन्।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन २४, १८: २६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन २४, १८: २६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० आश्विन २४, १८: २६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...