कोशीको मुख्यमन्त्रीमा माओबादीका आङ्बोलाई अघि सार्ने सत्तरुढको निर्णय – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कोशीको मुख्यमन्त्रीमा माओबादीका आङ्बोलाई अघि सार्ने सत्तरुढको निर्णय

काठमाडौं। कोशी प्रदेशको मुख्य मन्त्रीमा नेकपा माओवादी केन्द्रको प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई सत्तारुढ गठबन्धनले अघि सार्ने भएको छ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच यस्तो सहमति भएको हो। नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी छोडेपछि आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका हुन्। यसअघि नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठकले भने प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पुनः अघि सार्ने निर्णय गरेको थियो।

प्रदेशसभाको पहिलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले बहुमत जुटाउन नसक्ने स्थिति देखेपछि असोज २० गते पदबाट राजीनामा दिएका थिए।

प्रदेश प्रमुख परशुराम खापुङले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेका थिए।

कार्कीको राजीनामासँगै कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको खोजी सुरू भएको थियो। यसअघि दुई पटक विश्वासको मत नपाएका कांग्रेसमा संसदीय दलका नेता उद्धव थापासँगै केदार कार्की, अमृत अर्याल, भीम पराजुली आकाङ्क्क्षी थिए।

कांग्रेसको नेतृत्वमा बनेको सरकारले दुई पटक विश्वासको मत लिँदा अपनाएको प्रक्रियाप्रति सर्वोच्च अदालतले प्रश्न उठाएपछि यसपटक भने माओवादी केन्द्रका नेता आङ्बोलाई मुख्यमन्त्री बनाउन गठबन्धन सहमत भएको हो।

आङ्बोलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सहयोग गर्ने अपेक्षा गरिएको छ। ९३ सदस्यीय कोशी प्रदेशसभा सरकार गठनका लागि बहुमत जुटाउन ४७ मत आवश्यक पर्छ।

पहिलो दल एमालेको ४० सिट छ भने उसलाई साथ दिँदै आएको राप्रपासँग ६ सांसद मात्र छन् । प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसद छन्।

राप्रपाले पनि आङ्बोलाई सहयोग गर्दा उनको पक्षमा स्पष्ट बहुमत पुग्ने देखिन्छ। सत्ता गठबन्धनसँग ४७ मत रहेपनि सभामुखले प्रदेश सभामा निर्णयार्थ पेश भएको प्रस्ताव बराबर भएमा मात्र मत हाल्न पाउने संवैधानिक व्यवस्था भएकाले एकमत पुग्दैन।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन २५, १५: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० आश्विन २५, १५: २५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन २५, १५: २५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...