इजरायलबाट २५३ नेपाली नेपाल एयरलाइन्सबाट फर्कदै – Naya Bikalpa
August 3, 2026, Monday      Epaper
नेपालीको शव ल्याउने अझै टुङ्गो छैनः चिफ अफ प्रोटोकल भेटेर फर्किए परराष्ट्रमन्त्री

इजरायलबाट २५३ नेपाली नेपाल एयरलाइन्सबाट फर्कदै

 

काठमाडौं। शनिबार प्यालेष्टाइनको गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी हमासको आक्रमणसँग त्रासमा रहेका नेपाली नागरिकमध्ये २५३ जना नेपाली नेफाल फर्कदै छन्।

इजरायलस्थित तेलअभिभ विमानस्थलमा रहेका नेपालीहरु नेपाल एयरलाइनसको वाईडबडी विमानबाट नेपाल फर्कदै गरेका हुन्।

चालक दलका ११ जना सदस्यसहित नेपाल एयरलाइन्स हिँजो राति तेलअभिभका लागि उडेको थियो। विमान चढेका नेपालीहरु आज राति साढे १ बजे काठमाडौं आईपुग्ने छन्।

खास गरी नेपाली विद्यार्थी ल्याउनको गएको एयरलाइन्समा परराष्ट्रमन्त्री एनपी साउद र उनका सहयोगी दीपक जोसीसहित सहयोगीहरु पनि गएका थिए।

स्वदेश फर्किनका लागि ३०० भन्दा बढी नेपालीले अनलाइन आवेदन दिएका छन्। तिनमा धेरैजसो विश्वविद्यालयका विद्यार्थीहरु छन्।

इजरायलमा समस्यामा परेका नेपालीहरूको जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय सरकारले गरेको थियो। सोही आधारमा पहिलो चरणमा यति विद्यार्थी आएका हुन्।

 

इजरायलमा रहेका नेपालीहरु मध्ये स्वदेश फर्कन चाहनेका लागि नेपाल सरकारले तेलअभिभस्थित नेपाली राजदूतावासलाई अनलाईन फारमको व्यवस्था गर्न निर्देशन दिएको थियो।

परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले सोमबार मात्र इजरायलका परराष्ट्रमन्त्रीसँग टेलिफोनबाट कुरा गरी नेपाल फर्कन चाहने नेपालीलाई स्वेदश फर्कने वातावरण मिलाउन, घाईतेको उपचार गर्न, हराई रहेकाको खोजी गर्न र मृतक नेपालीको शव नेपाल फर्काउनको लागि पहल गर्न आग्ह गरेका थिए।

नेपाल फर्कन चाहने नेपालीलाई लिन गएको नेपाल एयरलाइन्सको जहाज चेढेर तेलअभिभ पुगेका साउदलाई इजरायलका चिफ अफ प्रोटोकलले स्वागत गरेका थिए। परराष्ट्रमन्त्री साउद नेपाली राजदूत कान्ता रिजाल र त्यहाँका कर्मचारीसँग भेट गरी फर्किएका छन्।

इजरायलमा शनिबार हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव नेपाल ल्याउन अझै केहि समय लाग्ने भएको छ ।

परराष्ट्र मन्त्रालयले ‘शव इजरायल सरकारले हस्तान्तरण गर्नुपर्ने’ कारण देखाउँदै नेपाल ल्याउन केही समय लाग्ने जनाएको छ ।

इजरायल सरकारको शव हस्तान्तरणको प्रोटोकल फरक हुने भएकाले तत्काल शव ल्याउन सम्भव नभएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्सालले बताइन् ।

उनले परिवारजनसमक्ष प्राविधिक पक्षलाई बुझिदिन आग्रह गरेकी छन्। इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको अवस्थामा ज्यान गुमाएकाको शव हस्तान्तरणमा कानुनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन कठिन भएको हो।

सम्बन्धित समाचार

आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
  • २०८० आश्विन २५, १७: २२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...

पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
  • २०८० आश्विन २५, १७: २२

काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...

संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
  • २०८० आश्विन २५, १७: २२

जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...