
तेल अभिव। मध्यपूर्वी देश इजरायललले प्यालेष्टाइनको गाजापट्टीमा रहेका हमासबिरुद्ध युद्ध जारी राखेको बेला प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विपक्षी दललाई समेत समेटेर संयुक्त सरकार गठन गरेका छन्।
प्रधानमन्त्री नेतन्याहुले एक विज्ञप्तिमार्फत हमास लडाकुहरूलाई समाप्त गर्न आह्वान गर्दै आफ्नो राजनीतिक मतभेदलाई अस्थायी रूपमा पन्छाएर युद्धको बीचमा विपक्षीहरूलाई सरकारमा समावेश गरेका हुन्।
नयाँ आपतकालीन सरकारमा पूर्वरक्षामन्त्री बेनी गान्ट्जलाई पनि समावेश गरिएको छ।
गत शनिबार हमासले इजरायलमा अचानक पाँच हजार बढी रकेट आक्रमणका साथै प्यारासुटबाट आक्रमण गरेपछि पहिलो पटक नेतान्याहुले हमासलाई समाप्त पार्न संयुक्त सरकार निर्माणको घोषणा समेत गरेका हुन्।
उनले भने, ‘प्यालेस्टिनी आतंकवादी समूहका सबै आतंककारीहरूको मृत्यु निश्चित छ। ‘हमास दाएस (इस्लामिक स्टेट समूह) जस्तै हो, जसरी विश्वले दाएसलाई नष्ट गर्यो, हामी तिनीहरूलाई नष्ट गर्नेछौं।’
इजरायलका रक्षामन्त्री योभ गालान्टले भने, ‘हामी हमासलाई पृथ्वीबाट मेटाउने छौं ।’
उता, संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार इजरायलले गाजामा गरेको आक्रमणपछि अहिलेसम्म ३ लाख ३८ हजार मानिस विस्थापित भएका छन्।
बीबीसीका अनुसार इजरायलले हमासको कब्जामा रहेको गाजा पट्टी क्षेत्रमा करिब ३ लाख रिजर्भ फोर्स तैनाथ गरेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...