
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहीबार बिहान साढे ८ बजे कालापानी क्षेत्रको कुटीस्थित जोलिङ्काङमा पूजापाठ गरेका छन्।
हेलिकोप्टरबाट जोलिङ्काङ उत्रिएका मोदीले त्यहाँ पूजापाठ गरेर कैलाश पर्वतको दर्शन गरेका छन् । कैलाश दर्शनपछि उनले गुञ्जीमा स्थानीयसँग छलफल गरेका थिए।
कुटी, नावी, गुञ्जी गाउँ र रोङकाङ, नपलच्यू, गर्ब्याङ गाउँका स्थानीयबासीसँग मोदीले सामान्य छलफल गरेका थिए। कुटी, नावी र गुञ्जी गाउँ नेपालको सीमा भित्रै पर्दछ । तर भारतले सो ठाउँ आफ्नो देशको भएको दाबी गरिरहेको छ।
मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गरेका थिए।
मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न समेत गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन्।
यता अतिक्रमित सीमा क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे नेपाललाई कुनै औपचारिक जानकारी नभएको जिल्ला प्रशासन दार्चुलाले जनाएको छ। मोदीको भ्रमण हुने ठाउँहरुमा नेपालीलाई प्रवेशमा रोक लगाइएको छ।
काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा...
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका...