
बारा । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर डा. कृष्ण पौडेल मृत भेटिएका छन्। पौडेल घरमै मृत भेटिएका हुन्।
एमाले नेता पौडेल मानसिक रुपमा बिरामी रहेको र स्वास्थ्यलाभ गरिरहेका थिए। बिरामी रहेका पौडेलका परिवारका सदस्य बुधबार मात्रै काठमाडौँबाट सिमरा आएका थिए।
दुई दिनदेखि कोठा थुनेरै बसेका पौडेलको कोठाको ढोका नखुलेपछि प्रहरी लगाएर खोलिएको थियो । कोठा खोल्दा पौडेल कोठामै बेडमा मृत भेटिएका हुन्। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पौडेल राजनीतिका अलावा, सिमरा क्याम्पसका प्राध्यापक, स्थानीय सहकारीमा आवद्ध थिए। नेकपा एमाले बाराका सचिव मनोज पौडेलले कृष्ण पौडेल घरमै मृत भेटिएको बताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...