चौतारामा बाँदर धपाउन जनपद र शसस्त्रका ३५ प्रहरी परिचालन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

चौतारामा बाँदर धपाउन जनपद र शसस्त्रका ३५ प्रहरी परिचालन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले बाँदर लगायतका बन्यजन्तुले खाद्यान्न वालीमा क्षति गर्न थालेपछि सुरक्षाकर्मीको सहायता नै लिएको छ।

नगरपालिकाको ११ नम्वर वडा कार्यालयले बाँदरलगायतका वन्यजन्तु धपाउन प्रहरीलाई अनुरोध गरेपछि प्रहरीले चासो दिएको हो । प्रहरीले वडामा स्थानीयसँग मिलेर गस्ती सुरु गरेको छ।

चारैतिरबाट वनजंगलले घेरिएको वडा नं ११ का तल्लो भेगका बस्ती तथा जंगलमा इलाका प्रहरी कार्यालय बन्देउबाट सशस्त्र प्रहरी र प्रहरी चौकी साँगाचोकका जनपद गरी ३५ जना प्रहरीको टोली वन्यजन्तु लुकेका सम्भावित स्थलको खोजीमा जुटेका छन्।

वडाका तल्लो भेगका महादेवटार, एक्ले, जामुने, कटुञ्जेपानी, देउराली, फँलाटे, पानीचौर, काभ्रेलगायतका जंगल तथा झाडीक्षेत्रमा गस्ती गरेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन २६, १४: ०३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन २६, १४: ०३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० आश्विन २६, १४: ०३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...