एमसिए नेपालद्वारा एमसीसी परियोजनाको प्रशारण लाईनका सबै ठेक्का रद्द – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

एमसिए नेपालद्वारा एमसीसी परियोजनाको प्रशारण लाईनका सबै ठेक्का रद्द

काठमाडौं। अमेरिकी अनुदान सहयोग रहेको कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका विद्युत प्रसारण लाइनसम्बन्धी सबै अर्थात तीनवटै प्याकेजका ठेक्का रद्द भएका छन्।

एमसिए नेपालले गरेको अनुमानित लागत भन्दा ६१ प्रतिशत महँगो न्यूनतम लागत परेपछि अन्ततः यो टेन्डर नै रद्द हुने भएको हो ।
एमसीसी परियोजना अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि तीन लटमा विभाजन गरेर अघि बढाइएको ठेक्का प्रक्रियामा गत जेठ ८ गते टेन्डर खुला गरिएको थियो।

स्रोतका अनुसार बिहीबार बसेको एमसिसी र एमसिए नेपालको प्राविधिक बैठकमा एमसिसीका अधिकारीले ठेक्का रद्द गर्नुपर्ने बताएका हुन्।

अब औपचारिक रूपमा एमसिए नेपालले सूचना जारी गरेसँगै टेन्डर रद्द हुने छ । अब बोलपत्रसम्बन्धी नयाँ सूचना चाँडै निकाल्ने तयारी गरिएको छ।

हेर्नुस् ठेक्का रद्ध गर्ने सम्वन्धी सूचना –

सम्बन्धित समाचार

आज प्रतिनिधिसभाको बैठक बस्दै
आज प्रतिनिधिसभाको बैठक बस्दै
  • २०८० आश्विन २६, १४: १४

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा...

नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
  • २०८० आश्विन २६, १४: १४

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका...

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
  • २०८० आश्विन २६, १४: १४

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...