वाँके र सर्लाहीका दुई एसपीलाई कमजोर कमाण्ड देखिएपछि काज सरुवा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
धार्मिक सद्भाव राख्न नसकेको आरोप

वाँके र सर्लाहीका दुई एसपीलाई कमजोर कमाण्ड देखिएपछि काज सरुवा

 

काठमाडौं। प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाँके र सर्लाहीका प्रहरी प्रमुखको सरूवा गरेको छ।

पछिल्लो साता नेपालगञ्ज र मलंगवामा धार्मिक सद्भाव कायम नभएको भन्दै प्रधान कार्यालयले बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौर र सर्लाहीका एसपी नरेशराज सुवेदीको काज सरुवा गरेको हो।

राठौंरको ठाउँमा जिप्रका वाँकेमा सुवासचन्द्र बोहरा र सुवेदीको ठाउँमा जिप्रका सर्लाहीमा प्रवीण धिताललाई पठाइएको छ। बाँकेका एसपी राठौरले जानकारी पाएर पनि बालसुधार गृहमा एकजनाको ज्यान जानेगरि भएको झडप रोक्न पहल नगरेकोमा प्रहरी प्रधान कार्यालयमा मौखिक उजुरी समेत परेको छ।

सामान्य अवस्थामा कार्यकाल पूरा नभई सरूवा गर्न नपाइने भए पनि कमजोर सुरक्षा कमाण्डका कारण राठौर र सुवेदी दुवैको कार्यकाल एक वर्ष पूरा नभई सरूवा भएको हो।

यसअघि बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विपीन आचार्यको पनि सरुवा भएको थियो।

सर्लाही र बाँकेमा हिन्दू–मुस्लिम समुदायबीच सद्भाव बिथोलिएपछि बसेको सुरक्षा परिषद् बैठकमा पनि दुवै जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई सरूवा गर्नुपर्ने निष्कर्ष निकालिएको थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन २६, १८: ४५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० आश्विन २६, १८: ४५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन २६, १८: ४५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...