
काठमाडौं। संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा तैनाथ एक नेपाली सेनाको निधन भएको छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि ‘युनाइटेड नेसन्स अर्गनाइजेसन स्टाबिलाइजेसन मिसन इन द डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा खटिएका नरसिंहदल गण उनान्तीसौं डफ्फामा कार्यरत प्युठ भुपजित राईको शुक्रबार निधन भएको नेपाली सेनाले जनाएको छ।
खोटाङ फक्टाङ्ग गाउँपालिका वडा नं.८ निवासी प्युठ भुपजित राई उक्त गणअन्तर्गत ‘ट्याक्टिकल अपरेटिङ बेस’ जिनामा कार्यरत रहँदा बिरामी भई थप उपचारका लागि कंगोको बुनियास्थित अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्युठ भुपजितको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको सेनाले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...