सांसदलाई बन्दुक ताक्ने किन पत्ता लागेन ? – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

सांसदलाई बन्दुक ताक्ने किन पत्ता लागेन ?

काठमाडौं । आफूलाई चर्चामा ल्याउने महत्वकांक्षा बोकेका नेपालीहरुले अहिले सामाजिक सञ्जालमा अनेकौं दृष्य, भनाई र तर्क गरिएको सर्वत्र देख्न र हेर्न पाइन्छ । चर्चामा आएर अवसर लिने वा पेशा अँगाल्ने सिँढी बनाउन पल्किएकाहरुले समाजिक सञ्जालको प्रयोग मात्र होइन, राजनीतिलाई पनि प्रयोग गरिएको पाइन्छ । त्यसको उदाहरण हो, सत्ताको आडमा बनावटी धम्कीको नाटक रच्ने एक माननीयको ।

राजनीतिमा चर्चा बटुलेर अवसरको खोजिमा रहेकी सत्तारुढ नेकपाकी समानुपातिक सांसद निरुदेवी पालले गत वर्ष गरेको एक हर्कतका कारण नेपाल प्रहरीलाई समेत लज्जाको विषय हुन पुगेको छ । उनै सांसद जसले गत वर्ष २०७५ साल साउन १७ गते सांसद निरुदेवी पालले आफूलाई दुई जनाले काठमाडौंको मुटु बानेश्वरमा रहेको डेरा बाहिर पेस्तोल तेस्र्याएर मार्ने धम्की दिएको बताइन् ।

संसदको बैठक चलिरहेको, तत्कालिन कार्यवाहक प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनवाई भइरहेको अवस्थामा समितिकी सदस्य समेत रहेकी पाललाई यस्तो धम्की आएको घटनाले सनसनी मच्चायो । उनलाई पेश्तोल तेरस्र्याएर मार्ने धम्की दिने युवा उमेरका दुई पुरुषको खोजी गर्ने नाममा प्रहरीले बानेश्वर क्षेत्रबाट १८ र १९ गते एक सय बढी युवालाई चिसो खोरमा पनि हुल्यो । तर प्रहरीले अहिलेसम्म दोषी प्रक्राउ गर्न सकेको छैन । प्रतिनिधि सभाको एक समितिकी सभापति समेत रहेकी पालले आफूलाई चर्चामा ल्याउन लागि फेक घटना संसदीय समितिमा बताएर प्रहरीलाई तनाव दिएकी थिइन् ।

तत्कालिन महानगरिय प्रहरी परिषर काठमाडौंका एसएसपी विश्वराज पोखरेल यतिवेला महानगरिय प्रहरी आयुक्त भएका छन् । तर निरुदेवी पाललाई पेस्तोल ताक्ने को थिए भनेर आजसम्म प्रहरी पत्ता लगाउन सकेको छैन । घटना फेक भएको हुन सक्ने प्रहरीका एक अधिकारी वताउँछन् । तर सत्तारुढ दलकी सांसदमाथि पेस्तोलबाट आक्रमणी गरी हत्या गर्ने धम्की दिएको घटनालाई फेक भन्ने हिम्मत प्रहरी अधिकारीहरु बताउने हिम्मत गर्दैनन् । तर श्रोत भन्छ त्यो घटना नै रहस्यको गर्भमा छ ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७६ माघ ७, ०८: ०६

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७६ माघ ७, ०८: ०६

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७६ माघ ७, ०८: ०६

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...