जोर्डनका राजा अब्दुल्लाहपछि प्यालेस्टाईन अथोरिटीका अध्यक्षसँग भेट गर्ने वाईडेनको तयारी – Naya Bikalpa
August 2, 2026, Sunday      Epaper

जोर्डनका राजा अब्दुल्लाहपछि प्यालेस्टाईन अथोरिटीका अध्यक्षसँग भेट गर्ने वाईडेनको तयारी

 

वासिंगटन डिसी। इजरायलको भ्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले जोर्डनका राजा अब्दुल्लाहसँग पनि भेटघाट गर्ने भएका छन्।

सो क्रममा इजिप्टका राष्ट्रपति र प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमूद अब्बाससँग भेटघाट गर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन किर्बीले जानकारी दिएका छन्।

बाइडेनले ‘हमास प्यालेस्टिनी जनताको मर्यादा र आत्मनिर्णयको अधिकारको पक्षमा उभिने छैन भन्ने कुरा दोहो¥याउने छन् र गाजाका सबै नागरिकहरूको मानवीय आवश्यकताहरूबारे फेरि छलफल गर्नेछन्’, किर्बीले भने।

उता, बिदेश मन्त्री ब्लिन्केनले गत हप्तामा इजरायली र अरब नेताहरूलाई भेटेर मध्यपूर्व क्षेत्रको वरिपरि यात्रा गरिरहेका छन्।

स्पष्ट रूपमा इजरायललाई समर्थन गर्ने अमेरिकी सार्वजनिक घोषणाहरूको बावजुद द्वन्द्वको समाधान खोज्ने प्रयासमा पछिल्लो समयमा अमेरिकनहरू लागिरहेको देखिन्छ।

सम्बन्धित समाचार

आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
  • २०८० आश्विन ३०, १४: ३४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...

पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
  • २०८० आश्विन ३०, १४: ३४

काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...

तुलसीलाल अमात्यले जनताको अधिकारका लागि जीवन समर्पित गर्नुभयो : पूर्वराष्ट्रपति भण्डारी
तुलसीलाल अमात्यले जनताको अधिकारका लागि जीवन समर्पित गर्नुभयो : पूर्वराष्ट्रपति भण्डारी
  • २०८० आश्विन ३०, १४: ३४

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट आन्दोलनका अग्रणी नेता तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै...