
काठमाडौं। भारतीय सरकारका विदेश मामिला मन्त्री डा. एस. जयशंकरले भारतले इजरायलमा रहेका भारतीय नागरिकलाई स्वेदश फर्काउनको लागि ‘अपरेसन विजय’ चलाएकोमा मंगलबार साँझ १८ नेपाली नागरिक पनि सँगै रहेको बताएका छन्।
भारतीय विदेश मन्त्री डा.जयशंकरले सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै नेपाली नागरिक १८ जनासहित २८६ यात्रु स्वेदश (भारत) फर्किएको जनाएका छन्।
भारतले इजरालयमा रहेका भारतीय नागरिकहरु स्वदेश फर्कन चाहेमा उनीहरुको उद्धारको लागि ‘अपरेसन विजय’ अभियान संचालन गरेको छ।
मंगलबार ट्विट गर्दै जयशंकरले इजरायलको तेलअभिबाट भारतको इन्दिरागान्धि अन्तराष्ट्रिय विमानस्थलमा आइसकेका नेपाली नागरिकसहित भारतीय यात्रुहरुको तस्विर आफ्नो ट्विटमा राखेका छन्।
भारतको विदेश मामिला मन्त्री एस जयशंकर गुजरात राज्यबाट भारतीय माथिल्लो सदन राज्यसमभाका सदस्य हुन्।

यता, नयाँदिल्लीस्थित नेपाली दूतावासले इजरायलबाट भारतीय विमानमार्फत उद्दार गरिएका १८ जना नेपाली नागरिकलाई नेपाल पठाउनका लागि बसको ब्यवस्था गरेको छ ।
उद्धार गरिएका नेपाली नागरिकमध्ये ७ जनालाई रिजर्भ गरिएको बसबाट कञ्चनपुर पठाएको जनाइएको छ।
नयाँ दिल्लीबाट ८ जना नेपालीले भने काठमाडौंका लागि टिकट काटिसकेका छन्। २ जना आफ्नै तरिकाले घर जाने बताएको र १ जना आफन्त छन भनेर मुम्बईतर्फ लागेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...
काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट आन्दोलनका अग्रणी नेता तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै...