सीजी कम्पनीमा ट्रष्ट बनाउन खटिएका एक मजदुरको लडेर मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सीजी कम्पनीमा ट्रष्ट बनाउन खटिएका एक मजदुरको लडेर मृत्यु

तानसेन। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ सर्देवामा रहेको सीजी कम्पनीमा काम गर्ने क्रममा मंगलबार लडेर एक मजदुरको मृत्यु भएको छ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ सहरनियाका ३० वर्षीय इजमान खानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

सीजी कम्पनीमा ट्रस्ट बनाउने क्रममा करिब २० मिटर माथिबाट लडेर घाइते भएका थिए। दिउँसो साढे २ बजे घाइते भएका उनलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै तानसेन नगरपालिका– १ उकालो पिपलका ४० वर्षीय खुमबहादुर सार्की मृत फेला परेका छन्।

मंगलबार बिहान अबेरसम्म नउठेपछि छिमेकी बोलाएका थिए। नबोलेपछि प्रहरी र स्थानीयले ढोका खोलेर हेर्दा बिहान ९ बजे उनी ओछ्यानमै सुतिरहेको अवस्थामा मृत फेला परेका प्रनाउ श्रेष्ठले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक १, १८: ०४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक १, १८: ०४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० कार्तिक १, १८: ०४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...