
झापा। झापाको धुलाबारीमा रहेको पाँचतारे होटल मेची क्राउनले ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ पाएको छ।
नेपाल, भारत,बंगालादेश, श्रीलंका,माल्दिभ्स, भुटानका करिब २ सय वटा होटेलबीच भएको प्रतिस्पर्धाबाट लिडिङ एण्ड वेडिङ तथा कन्फ्रेरेन्स होटल÷रिसोर्ट क्षेत्रमा मेची क्राउनले अवार्ड जितेको हो।
होटलका तर्फबाट सो अवार्ड सहायक प्रबन्धक निरंजन श्रेष्ठ लिएका हुन्। दक्षिण एसियाका दर्जनौ होटलहरुलाई पछाडि पार्दै मेची क्राउनले उत्कृष्ट अवार्डको ताज हात पारेको उनले जानकारी दिए।
अवार्ड प्राप्त गरेपछि आफुहरुलाई थप जिम्मेवार बनाएको होटल मेची क्राउनका सञ्चालक बलराम सापकोटाले बताए।
सन २०१६ बाट बाट सुरु भएको अवार्ड यस वर्ष १० अक्टोबरमा भारतमा सम्पन्न भएको थियो। होटल वातावरण मैत्री हिसाबले सेवा दिइरहेको सञ्चालक सापकोटाकाले बताए।
सापकोटाका अनुसार ५० करोड बढी लगानीमा सयवटा कोठा थप्न हाल होटलको भवन निर्माणको काम धमाधम भइरहेको छ। विवाह र पार्टीको सिजनमा रूम अपुग हुन थालेपछि सयवटा रूम थप्न लागिएको उनले जानकारी दिए।
हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई बिभिन्न विधामा अवार्ड दिइंदै आएको छ।
हाल होटलमा एक सय ५ वटा कोठा छन्। जसमा पाँच वटा स्विट, पाँच वटा भिला र ९५ वटा डिलक्स छन्। यी सबै कोठामा गरेर एक पटकमा १६० जना बस्न सक्ने क्षमता छ ।
झापाको भद्रपुर विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटर दुरीमा रहेको यो होटल २०७८ वैशाख १ गतेबाट सञ्चालनमा आएको हो।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...