दशैं भत्ता पाएनन् प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले यो पटक पनि – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

दशैं भत्ता पाएनन् प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले यो पटक पनि

काठमाडौं। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद र पदाधिकारीले यो वर्ष पनि दशैं भत्ता पाएनन्।

संघीय संसदको दुबै सदनका सांसदहरुलाई दिइने दशंैभत्ता कानुनविपरीत भएको भन्दै विरोध भएपछि २०७७ सालदेखि भत्ता रोकिँदै आएको हो।

मन्त्रिपरिषद्को निर्णयका आधारमा संसद् सचिवालयले दसैं भत्ता दिने गरेको थियो। २०७७ को दशैंको बेला कोभिड –१९ को महामारीको संक्रमण धेरै भएर नेपाली नागरिकको ज्यान गएको थियो भने सरकारले लकडाउन गरेको थियो। यस्तो महामारीको अवस्थामा सांसदले भत्ता लिन लागे भन्ने प्रचार भएसँगै संसद सचिवालयलाई भत्ता वितरण नगर्न दबाब परेको थियो।

यस पटकको दशैंमा पनि भत्ता नदिने कार्यलाई संसद् सचिवालयले निरन्तरता दिएको छ  संसद् सचिवालयका एक अधिकारीका अनुसार सरकारले भत्ता दिने निर्णय नगरेपछि संसद् सचिवालयले नदिएको हो।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ मा संसद् सचिवालयका पदाधिकारी, सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ता दिने व्यवस्था छैन । मन्त्रिपरिषद्बाट निर्णय गरी दशैं भत्ता दिइएको विषयलाई महालेखाले बेरुजुमा राखेको थियो ।

मुलुकमा नीतिगत भ्रष्टाचार भएको भन्दै महालेखाले बेरुजुमा राख्दै आए पनि त्यसको सुनुवाइ गरिएको थिएन। तर २०७७ मा सामाजिक सञ्जालबाट सांसदलाई दसैं भत्ता उपलब्ध गराउने कुराको कडा विरोध भएपछि सरकार पछि हटेको थियो।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक २, १७: ५८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० कार्तिक २, १७: ५८

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक २, १७: ५८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...