प्रेस स्वतन्त्रता सेनानीको निधन – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

प्रेस स्वतन्त्रता सेनानीको निधन

वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको यही २०७६ साल माघ १५ गते बुधबार उपचारको क्रममा निधन भएको छ । ९ दशक पार गरेका गुप्ता लामो समयदेखि अस्वस्थ रहेका थिए ।

वरिष्ठ पत्रकार पन्नालाल गुप्ता नेपाल पत्रकार महासंघ बाँके शाखाको २०५६ भाद्रदेखि २०५८ फागुनसम्म सभापति समेत हुनुहुन्थ्यो । नेपालको पत्रकारिता क्षेत्रका अग्रणी व्यक्तित्व गुप्तालाई नेपाल पत्रकार महासंघले २०६० सालमा प्रेस स्वतन्त्रता सेनानी सम्मान गरेको थियो ।

बाँके शाखाको अभिभावक तथा देशभरीका पुराना पत्रकारहरुमध्ये पत्रकारिता क्षेत्रमा छट्टै पहिचान बनाउन सफल गुप्ता किरण साप्ताहिक पत्रिकाका सम्पादक हुन् । गुप्ताको निधनले बाँके शाखाले मात्र अभिभावक गुमाएन सिंगो पत्रकारिता क्षेत्रले अनुभवी, सिद्धान्त निष्ट, निर्भिक एवम् व्यवसायिक पत्रकार गुमाएको छ ।

पत्रकारिता क्षेत्रको लामो इतिहास बोकेका गुप्ताको निधनप्रति सिंगो महासंघले अभिभावक गुमाएको भन्दै महासचिवद्वारा वक्तवयमा उल्लेख गरेका छन् । प्रेस स्वतन्त्रता सेनानी श्री पन्नालाल गुप्ता(चाचा) को निधनप्रति यस मिडिया प्रा.लि. भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७६ माघ २०, ०६: २४

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७६ माघ २०, ०६: २४

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०७६ माघ २०, ०६: २४

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...