कतारद्वारा भारतीय नौसेनाका ८ पूर्वकर्मचारीलाई मृत्युदण्डको सजाय – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

कतारद्वारा भारतीय नौसेनाका ८ पूर्वकर्मचारीलाई मृत्युदण्डको सजाय

कतार । कतारले भारतीय नौसेनाका आठ पूर्वकर्मचारीलाई मृत्युदण्डको सजाय सुनाएको छ।

यो विषयलाई भारतले पनि चुनौती दिने भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

सो घटनालाइ लिएर विपक्षी दलहरूले यस विषयमा सरकारलाई घेरा हाल्न थालेका छन्। संसदमा यस विषयमा छलफल गर्दा सरकारले गम्भीरताका साथ नदिएको भन्दै विपक्षीहरु सरकारसँग रुष्ट बनेका छन्।

कांग्रेस, एआईएमआईएमलगायत सबै दलले सरकारलाई यस विषयमा घेरा हालिरहेका छन्। गत वर्ष जासुसीसम्बन्धी एउटा मुद्दामा आठ भारतीय पक्राउ परेका थिए ।

एआईएमआईएम प्रमुख असदुद्दीन ओवैसीले प्रधानमन्त्री नरेन्द्र मोदीले सबै पूर्वकर्मचारीहरूलाई फिर्ता ल्याउनु पर्ने बताएका छन्।

ओवैसीले भने, ‘अगस्टमा मैले कतारमा फसेका पूर्वनौसेना अधिकारीहरूको मुद्दा उठाएको थिएँ। आज उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ, प्रधानमन्त्री मोदीले इस्लामिक राष्ट्रहरूले उनलाई कति माया गर्छन् भन्ने कुरामा ठूलो कुरा गर्छन्, यसो हो भने पूर्वपदाधिकारीहरुलाई फिर्ता ल्याउनुपर्छ, मृत्युदण्डको सजाय भोग्नु निकै दुर्भाग्यपूर्ण छ ।’

 

सम्बन्धित समाचार

इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
  • २०८० कार्तिक १०, १६: ०१

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट...

नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
  • २०८० कार्तिक १०, १६: ०१

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका...

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
  • २०८० कार्तिक १०, १६: ०१

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...