राष्ट्रिय सभा अध्यक्षसँग आयरल्यण्डको सिनेटका अध्यक्ष बुटिमेरबीच भेटवार्ता – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

राष्ट्रिय सभा अध्यक्षसँग आयरल्यण्डको सिनेटका अध्यक्ष बुटिमेरबीच भेटवार्ता

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरबीच भेटवार्ता भएको छ।

अन्तर व्यवस्थापिका सङ्घ (आइपियु)को १४७ औँ महासभाका क्रममा एङ्गोलाको संसद भवनमा बिहीबार भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्ड बिचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसद र संसदहरुको महत्त्वपूर्ण भूमिका रहेको बताए।

‘नेपाल र आयरल्याण्डबीचको सम्बन्ध प्रगाढ बढाउन दुई देशका संसद र संसदहरुको महत्त्वपूर्ण भूमिका रहेको छ। अध्यक्ष तिमिल्सिनाले भने,‘संसदीय अनुभवको आपसी आदनप्रदान मार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफ्ना नागरिकहरूको हक अधिकार सुनिश्चित गर्ने प्रक्रियालाई सबल बनाउने अवसर हाम्रो सामु रहेको छ।’

उनले दुई देशकाबीचमा यस अघि भएका भ्रमणको स्मरण गर्दै आगामी दिनमा हुने भ्रमणले सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

‘आगामी दिनमा नेपाल र आयरल्याण्डका संसदबीच सांसद र कर्मचारी दुवै तहमा भ्रमण आदानप्रदान निरन्तर गर्न सकिएमा एक अर्काको असल अभ्यास सिकेर दुवै सांसद लाभान्वित हुनेछन्।’

अध्यक्ष तिमिल्सिनाले नेपालमा हिमाल आरोहण र पदयात्रा पर्यटनमा बिचमा लोकप्रिय भएकाले उलेख्य संख्यामा पर्यटकहरूलाई नेपाल आउने वातावरण बनाउन सक्दा त्यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

भेटवार्ताका क्रममा आयरल्याण्ड माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरले दुवै देशले साझा मुद्दाहरूमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा साझा सहकार्य बढाउने प्रतिबद्धता पनि जनाए।

नेपालमा हिमाल आरोहण र पदयात्राका लागि आयरल्याण्डका धेरै नागरिक इच्छुक रहँदै आएको बताउँदै आगामी दिनमा पर्यटकलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्न आवश्यक रहेको बताए।

 

सम्बन्धित समाचार

इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
  • २०८० कार्तिक १०, १७: २२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट...

नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
  • २०८० कार्तिक १०, १७: २२

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका...

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
  • २०८० कार्तिक १०, १७: २२

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...