बीपीसँग मेरो तुलना हुनै सक्दैन, हाम्रो लडाइँ कांग्रेससँग नभई भ्रष्टाचारबिरुद्ध होः रबी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बीपीसँग मेरो तुलना हुनै सक्दैन, हाम्रो लडाइँ कांग्रेससँग नभई भ्रष्टाचारबिरुद्ध होः रबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो तुलनाका पूर्वप्रधानमन्त्री बिपी कोइरालासँग हुनै नसक्ने बताएका छन् ।
नेपाली कांग्रेसले शनिबार कोजाग्रत पूर्णीमाको दिन दशैं, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा पार्टी मुख्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा यस्तो धारणा राखेका हुन्।

सभापति लामिछानेले आफूूले बिपीसँग कहिल्यै तुलना नगरेको भन्दै बिपीको योगदान, आदर्श, त्याग र प्रतिष्ठा एवम् बहुआयामिक व्यक्तित्वको आफूले अनुशरण गर्ने प्रयास भने गरेको बताए।

‘कुन प्रसंग वा समयमा पार्टीका साथिहरुले केही भन्नु भयो होला तर हाम्रो तुलना बिपीसँग हुनै सक्दैन’ लामिछानेले भने । उनले आफ्नो दलको प्रतिष्पर्धा पनि नेपाली कांग्रेससँग निर्वाचनमा मात्र हुने भन्दै हाम्रो साझ लडाइँ भनेको गरिबी, बेरोजगारी र भ्रष्टाचारबिरुद्ध रहेको बताए।

चुनावमा भने नेपाली कांग्रेससँग आफ्नो पार्टीको प्रतिष्पर्धा रहन्छ भन्दै अहिले भने आफूहरुको साझा चुनौति गरिबी, बेरोजगारी र भ्रष्टाचारबिरुद्ध लड्नु नै रहेको स्पस्ट पारे ।

‘राजनीतिक प्रतिस्पर्धा चुनावमा मात्रै हो । हामीले आफ्नै दल बनाउनुपर्ने भएकाले चुनौति हामी भित्र नै छ । जनताले जुन आशा र विश्वासका साथ हामीलाई छोटो समयमा संकेत गरेका छन् । कतै आफ्नै गोडामा अल्झिएर लडिन्छ कि भन्ने बाहेक हामीले अहिलेका लागि सोच्नुपर्ने अवस्था छैन । त्यसकारणले हामीले हाम्रा लागि चुनौति पार्टी निर्माण हाम्रो चुनौति हो । संगठनको चुस्तता, दस्तावेज बनाउने चुनौती हो’ लामिछानेले भने ।

उनले नेपाली जनताका मुद्दाहरुमा मेलमिलापको नीतिको सान्दर्भिकता कहिल्यै पनि नहट्ने बताए । कांग्रेसले अंगिकार गरेको विगतको मेलमिलापको नीति, चुनौति र पात्रहरु अलग भएपनि सो नीतिलाई एउटा असल नीतिको रुपमा लिन सकिने बताए । उनले आफ्नो पार्टी पनि डेमोक्रेटिक पार्टी भएको र कांग्रेस पनि डेमोक्रेटिक पार्टी भएकाले यस्तो चियापान कार्यक्रम गर्नुलाई आफूले राम्रो संस्कारको रुपमा लिएको बताए।

कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले विगतका बर्षमा झै यो वर्ष पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको थियो। पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले आगन्तुक पाहुनालाई समारोहमा स्वागत अभिवादन गरेका थिए।

कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कुूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको थियो। बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो ।

विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिएका थिए। त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन् । कांग्रेसले बडादसैँको अवसर पारेर हरेक वर्ष कोजाग्रत पूणर््ािमाको दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक ११, २१: ३०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० कार्तिक ११, २१: ३०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक ११, २१: ३०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...