इजरायलद्वारा युद्धबिराम गर्न अश्विकारः दोश्रो चरणको युद्ध शुरु भएको नेतान्याहुको दाबी – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

इजरायलद्वारा युद्धबिराम गर्न अश्विकारः दोश्रो चरणको युद्ध शुरु भएको नेतान्याहुको दाबी

तेल अहिब। प्यालेष्टाइनको गाजामा मानवीय सहायतका युद्ध बिराम गर्न संयुक्त राष्ट्रसंघले गरेको युद्धविरामको आह्वानलाई इजरायलले अश्वीकार गर्दै गाजापट्टीमा आक्रमणलाई अझै सशक्त बनाएको हो।

इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहूले यसलाई हमासविरूद्धको दोस्रो चरणको युद्ध भनेका छन्। इजरायली सेनाहरु जमीनबाटै गाजा पट्टीमा प्रवेश गरी त्यहाँ आक्रमण गरिएको भिडिओहरु विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले प्रसारण गरिरहेका छन्।

प्रधानमन्त्री नेतन्याहूले शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा गाजा पट्टीमा शुक्रबारदेखि नै इजरायली सैनिक प्रवेश गरिसकेको बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

इजरायलले गाजामा आफ्नो जमिनमा सेना परिचालन विस्तार गरेपछि हमाससँगको युद्धको अर्को चरण सुरु भएको बताएको छ। इजरायलले आफ्नो देशको रक्षाका लागि गाजापट्टीमा आक्रमण गर्नु परेको जनाएको छ।

‘गाजा भित्रको युद्ध लामो हुने छ,’ इजरायली प्रधानमन्त्री नेतान्याहुले शनिबार चेतावनी दिँदै भनेका थिए, ‘यस चरणको लक्ष्य हमासलाई नष्ट गर्ने र आतंकवादी समूहद्वारा बन्धकहरूलाई फिर्ता गर्ने हो।’

इजरायली सुरक्षा बलका अनुसार रातभर एन्क्लेभमा प्रवेश गरे पछि इजरायली सेना गाजा भुमी भित्र रहेको छ। इजरायलमा हमासले अक्टोबर ८ मा गरेको हमला पछि जमिनमार्फत इजरायलले गरेको यो प्रत्याक्रमणको पहिलो चरण हो।

गाजामा २०० भन्दा बढी बन्धकहरूका परिवारहरू आफ्ना बेपत्ता प्रियजनहरू फिर्ता ल्याउनका लागि इजरायलले मेहनत गरिरहेको छ। त्यसका लागि डराउँदै भए पनि इजरायलले एन्क्लेभमा आफ्नो कार्यहरू बढाउँदै लगेको जनाईएको छ।

उता, गाजावासीहरूले अस्पतालहरूमा शरण लिदैँ रातभर द्वन्द्वको सबैभन्दा ठूलो हवाई हमला सहेको बताएका छन्। सञ्चार अवरुद्ध हुँदा आपतकालीन सेवाहरू अवरुद्ध भएका छन् र परिवारका सदस्यहरू बीचको सम्पर्क विच्छेद भएको जनाईएको छ।

इजरायलले गाजामा दोस्रो चरणको युद्ध आकाश, जमिन र समूद्रबाट प्रारम्भ गरेको हो। गाजामा इजरायलले जमिनबाटै आक्रमण सुरू गरेको बारे सञ्चारमाध्यहरूले उल्लेख गरेका छन्।

गाजामा इजरायलले सुरू गरेको आक्रमणलाई हमास– इजरायल लडाइँको तीन साता यताकै भयानक भनिएको छ। इजरायली सैनिक जमिनबाटै प्रवेश गरेपछि गाजाका नागरिकहरू थप आतंकित भएका छन्।

अन्तर्राष्ट्रिय संघ संस्थाहरूले गाजाका नागरिकहरूको मानवअधिकार हनन भएको बताउँदै युद्ध रोक्न आह्वान गरेपनि इजरायलले गाजामाथिको आक्रमण झन् बढाएको छ।

इजरायल–हमास युद्धको तीन साता बितिसक्दा गाजामा साढे सात हजार मानिसहरू मारिएका छन्। इजरायलले जमिनबाट आक्रमण सुरू गरेयता मात्रै ३७७ नागरिक मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै एपीले लेखेको छ।

गाजामा अहिलेसम्म मारिएका मध्ये करिब ३ हजार महिला र बालबालिका मात्रै रहेको बताइएको छ। हमासले गरेको आक्रमणमा इजरायलमा १ हजार ४ सय जनाको मृत्यु भएको थियो। हमासले २ सय जनाभन्दा बढीलाई इजरायलबाट बन्धक बनाएको बताइएको छ।

प्रधानमन्त्री नेतन्याहुले इजरायलीको अस्तित्व जोगाउन र बन्धकमा परेकालाई छुटाउन हमासमाथि आक्रमण जारी राख्ने बताएका छन्।

सम्बन्धित समाचार

इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
  • २०८० कार्तिक १२, १३: ५४

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट...

नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
  • २०८० कार्तिक १२, १३: ५४

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका...

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
  • २०८० कार्तिक १२, १३: ५४

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...