
हेटौंडा। मकवानपुर जिल्लाको लामिटारस्थिगत मदन भण्डारी लोकमार्गमा एउटा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।
मकवानपुर जिल्लाको बाग्मती गाउँपालिका– ७ लामीटारमा गएराति मोटरसाइकल दुर्घटना भएको हो। झुरझुरेबाट हेटौँडा जाँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल मदन भण्डारी लोकमार्गमा अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।
जिप्रका मकवानपुरले सो दुर्घटनामा परी मोटरसाइकलका चालक बाग्मती गाउँपालिका–६ ठाडीखोलाका स्थायी बासिन्दा २२ वर्षीय सन्तोष दर्लामीको ज्यान गएको जनाएको छ। सो मोटरसाइकल दुर्घटनामा घाइते भएका अर्का २२ वर्षीय प्रदीप लोप्चन भने उपचारपछि घर फर्किएका छन्।
दुर्घटनामा परी घाईते भएका दर्लामीलाई थप उपचारका लागि काठमाण्डौ लगिएको तर उपचारको क्रममा न्युरो अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...