
काठमाडौं । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले नेपालको संक्रमणकालिन न्याय प्रक्रियालाई टुंगोमा पु¥याउन राष्ट्रसंघ आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।
संघीय संसदको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग आइतबार अपरान्ह भएको भेटघाटमा महासचिव गुटेर्रेसले संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्छ भन्ने विश्वास व्यक्त गरे।
सो अवसरमा सभामुख घिमिरेले व्यस्तताबीच नेपाल भ्रमण गरेकोमा गुटेर्रेसलाई स्वागत गर्दै नेपाली जनता, नेपालको संसद र व्यक्तिगतरुपमा आभार व्यक्त गरेका छन् ।
सभामुख घिमिरेले संसदमा सम्बोधनका लागि समय प्रदान गरेकोमा महासचिव गुटेर्रेसलाई धन्यवाद व्यक्त गर्दै नेपालको संसदको नियमावलीमा नै राष्ट्रसंघका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था गरेको बताए।
‘नेपालले सफलतापूर्वक आफ्नो मौलिक, राष्ट्रिय अपनत्वसहित तथा आफैंले नेतृत्व गरी शान्ति प्रकिया निष्कर्षमा पु¥याएको स्मरण गर्दछु। नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रसंघीय मिसन (अनमिन)को मध्यस्थताले ठूलो सहयोग गरेको थियो’, सभामुख घिमेरेको भनाई उधृत गर्दै सभामुखको सचिवालयले भनेको छ, ‘नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानवीन आयोगमार्फत तार्किक निष्कर्षमा पु¥याउन प्रतिवद्व छ।’
घिमिरेले दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको भन्दै निकट समयमा नै ऐन निर्माण हुने विश्वास ब्यक्त गरे।
नेपालको संक्रमणकालीन न्याय प्रकिया सन् २००६ मा सरकार र तत्कालिन विद्रोही पक्षवीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतको निर्देशनहरु, सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिवद्वता, पीडित पक्षहरुका चासो एवम् धरातलीय वस्तुस्थितिबाट निर्देशित रहेको सभामुखले बताए।
उनले भने, ‘नेपाल भगवान गौतम बुद्धको देश हो। नेपाली शान्तिप्रिय छन्। नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको उपलब्धी विश्वका लागि नै मोडेल बन्न सक्छ। विश्वका कतिपय देशमा देखिएका अशान्ति र द्वन्द्वको निरुपणका लागि पनि यहाँका विशिष्टिकृत प्रयासहरु उदाहरण बन्न सक्छ।’
सो अवसरमा सभामुख घिमिरेले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ आफूहरुले अहिलेसम्म भोगेको सवैभन्दा ठूलो मानवीय चुनौतीका रुपमा देखिएको भन्दै नेपालले संयुक्त राष्ट्रसंघ र यसका एजेन्सी तथा निकायहरुलाई विशेषतः कोभिड–१९को अति जोखिमपूर्ण र कठिन समयमा उपलब्ध गराएको सहयोग र सहायताका लागि विशेष आभार ब्यक्त गरे।
सभामुख घिमिरेले जलवायु परिवर्तन सम्बन्धी विषय नेपालको उच्च प्राथमिकतामा रहेको भन्दै एक भूपरिवेष्ठित पर्वतीय तथा न्यून कार्वन उत्सर्जन गर्ने मुलुक भएर पनि नेपालले जलवायु परिवर्तनको असमानुपातिक असर व्यहोर्नु परिरहेको जनाए।
उनले महिला तथा बालबालिकाहरु जलवायु परिवर्तनको गम्भिर असरबाट झनै बढी प्रभावित भएका छन् भन्दै राष्ट्रसंघीय प्रणालीको प्रभावकारिता अभिवृद्वि गर्नका लागि महामहिमले चालेका कदमको स्वागत गरेका थिए।
उनले महामानव गौतम बुद्वको जन्मस्थल लुम्बिनी भ्रमण गर्ने संयुक्त राष्ट्रसंघका महासचिवको परम्परालाई निरन्तरता दिएकोमा धन्यवाद व्यक्त गरे।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...