
काठमाडौं। आफ्ना पतिको हत्यामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध अनसन थालेकी भारती शेर्पा पत्रकार सम्मेलनस्थलमै बेहोस भएकी छन्।
सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्न गएकी भारती शुक्रबारदेखि अनसनमा बसेकी थिइन्। पत्रकार सम्मेलनमा अरु वक्ताहरुले बोल्ने क्रममा उनी बेहोस भएपछि वीर अस्पताल लगिएको थियो।
सर्वोच्च अदालतमा तारिख लिन जाँदा पनि उनी बेहोस भएर ढलेपछि उनलाई वीर अस्पताल लगिएको थियो। पतिको हत्यामा संलग्नलाई दिइएको कैद छुटको निर्णय खारेज हुनुपर्ने माग गरी भारतीले असोज १७ गतेदेखि अनसन शुरु गरेकी थिइन्।
दशैं विदामा अनसन स्थगित गरेकी उनले गत शुक्रबारदेखि फेरि रिले अनसन जारी राखेकी छन्।
शेर्पाले आफ्ना पति चिरन मानन्धरको हत्यामा संलग्न बाँकेका ढकालको कैद मिनाहा गर्ने मन्त्रिपरिषदको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा समेत रिट निवेदन दर्ता गरेकी छन्।
सर्वोच्च अदालतले मुद्दाको सुनुवाइपछि विपक्षीहरुसँग कागजात समेत मगाइसकेको छ। मंगलबारदेखि उनको मुद्दामा निरन्तर सुनुवाइ हुनेछ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...