
काठमाडौं। उत्तरी गाजाको जबलिया शरणार्थी शिविर इजरायलले गरेको आक्रमणमा परी ५० बढीको मृत्यु भएको छ भने कैयौँ मानिसहरु घाइते भएका छन्।
हमास शासित स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विस्फोटमा परी कम्तीमा ५० जनाको ज्यान गएको भनी बीबीसीले जनाएको छ।
इजरायली हवाई हमलाका कारण विस्फोट भएको मन्त्रालयले जनाएको छ। यद्यपि यो विस्फोटबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन। विस्फोटस्थलको भग्नावशेषबाट कम्तीमा ५० शव निकालिएको अधिकारीहरुले जनाएका छन्।
मानिसहरू भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन्। गाजा शहरको उत्तरी क्षेत्रमा अवस्थित जबलिया क्याम्प गाजाका आठ शरणार्थी शिविरमध्ये सबैभन्दा ठूलो हो।
संयुक्त राष्ट्रसंघका अनुसार जुलाई २०२३ सम्ममा १ लाख १६ हजार प्यालेस्टिनी शरणार्थीहरूले यहाँ दर्ता गराएका छन्।
सन् १९४८ को युद्धपछि यहाँ शरणार्थीहरू आएर बस्न थालेका थिए। यो सानो तर सघन जनसंख्या भएको क्षेत्र हो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...