
पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले वर्तमान सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुको भूमिकालाई लिएर गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाली कांग्रेस काश्की १ नम्वगर क्षेत्रिय सम्मेलनको बुधबार यहाँ उद्घाटन गर्दै माओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गएका कांग्रेसका मन्त्रीहरुले जनताको पक्षमा काम गर्न नसकेको बताएका हुन्।
संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सर्वेसर्वा हुने भएकाले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले कांग्रेसको कार्यकर्ताको भावना बमोजिम काम गर्न नसकेको उनले बताए।
नेता डा. कोइरालाले कोशी प्रदेशमा सरकार निर्माणको क्रममा पार्टी नेतृत्वले लिएको निर्णयप्रति आफू र कांग्रेसका नेता तथा कार्यकर्ता नै सन्तुष्ट नरहेको बताए।
उनले भने ‘कांग्रेसकै नेताहरुले नेकपा माओबादी सामू गएर तिम्रै पार्टीको यो मान्छेलाई मुख्यमन्त्री बनाउ भनेकाले कोशी प्रदेशमा नयाँ राजनीतिक अवस्था सिर्जना भएको हो।’
कांग्रेसले आफ्नो सिद्धान्त त्यागेर व्यवहारबादी राजनीतिमा लागेकाले पार्टी संगठन कमजोर बनेको भन्दै असन्तुष्टि प्रकट गरे।
“कांग्रेसकै नेताले मुख्यमन्त्री माओवादीलाई दिने कुरा कसरी मान्न सकिन्छ ? कोइरालाले भने, ‘कोशीमा नयाँ एक्सपेरिमेन्ट हो। हेरौं कसरी अगाडि बड्छ।’
कोशी प्रदेश सरकार निर्माण गर्दा डा.कोइराला निकटका प्रदेश सभा सदस्य केदार कार्की लगायतका सदस्यहरुको प्रस्तावमा कार्की मुख्यमन्त्री बनेका छन्।
सोही प्रसंगमा डा.कोइरालाले कांग्रेसकै प्रदेश सभा सदस्यको साथ, सहयोग र समर्थनमा कोशीमा कांग्रेस नेतृत्वको सरकार निर्माण भए पनि केन्द्रमा अहिलेकै गठबन्धन जारी रहने बिश्वास दिलाए।

सत्ता गठबन्धनले माओबादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेको थियो । तर कोइराला निकट केदार कार्कीलाई एमालेका ३९ प्रदेश सभा सदस्यले समर्थन गरेपछि उनी मुख्यमन्त्री भएका थिए।
कांग्रेस कास्की क्षेत्र नं–१ को सम्मेलनको प्रमुख अतिथिको रुपमा डा. कोइरालाद्वारा उद्घाटन गरिएको सो कार्यक्रममा सहमहामन्त्री जीवनबहादुर परियार, केन्द्रीय सदस्यहरु गुरु बराल र शारदा पौडेल, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी, कास्की कांग्रेस सभापति किशोरदत्त बराल, पुर्वसभापतिहरु यज्ञबहादुर थापा र कृष्ण केसी, कांग्रेस नेता– देवराज चालिसे, सुदिपमोहन भट्टराई, शोभियत अधिकारी, कास्की क्षेत्र नं–१का सभापति राजेन्द्रमणि लामिछाने लगायतले सरकारको भूमिकाबाट पार्टी कार्यकर्ताहरुमा निरासा फैलाएको भन्दै असन्तुष्टि व्यक्त गरे।


ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...