
काठमाडौं । नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो देशका पर्यटकहरु पूर्वी नेपालको काकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्न नपाएको भन्दै तत्काल नाका खुलाउन माग गरेका छन्।
प्रतिनिधि सभाको विहीबार बसेको बैठकको शुन्य समयमा बोल्दै सांसद शर्माले भारत, भुटान र बंगलादेशबाट सबैभन्दा नजिकको एकमात्र सीमा नाका काकरभिट्टा भए पनि तेश्रो देशका पर्यटकका लागि खुला नगरिएका कारण स्थानीय व्यवसायमा समेत गम्भिर असर परेको बताए ।
‘कोभिडका लागि भारतीय सरकारले बन्द गरेको अध्यागमन कार्यालय बीरगंज र नेपालगञ्ज खुला गरिए पनि काकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्न भारतीय सरकारले पर्यटकको इन्ट्रि र एक्सिट खुल्ला नगर्दा होटल, यातायात र पर्यटन व्यवसायीहरु मर्कामा परेका छन्’, शर्माले भने, ‘त्यसैले भारतीय सरकारसँग चाँडो भन्दा चाँडो वार्ता गरी काकरभिट्टा नाका पर्यटकका लागि खुल्ला गर्न सरकारसँग जोडदार माग गर्दद्धु।’
महामन्त्री शर्माले इजरायलमा रहेका नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भइसकेकाले उनको सकुसल उद्धारको लागि कतार सरकारसँग समन्वय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसमक्ष माग गरेका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...