
काठमाडौं। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयबाट कैदसजाय छुट पाएका नेपालगञ्जका रिगल भनिने योगराज ढकाललाई प्रहरीले पक्राउ गरेको छ।
सर्वोच्च अदालतको विहीबारको आदेशलगत्तै प्रहरीले ढकाललाई पक्राउ गरेको हो।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो।
संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । ढकालमाथि नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २०७२ साल असार २८ गते चेतन मानन्धरको हत्या गरेको अभियोग थियो। सोही अभियोगमा अदालतबाट दोषी ठहर भएका ढकालबिरुद्ध असोज २२ गते चेतनकी श्रीमती भारती शेर्पाले रिट निवेदन दिएकी थिइन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...