देउवाको दाबी– पार्टी एक ढिक्काछ, संविधानको चुनौति सामना गर्नेछौं – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

देउवाको दाबी– पार्टी एक ढिक्काछ, संविधानको चुनौति सामना गर्नेछौं

बागलुङ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस हाल एक ढिक्का भएर अघि बढिरहेको बताएका छन्।

नेपाली कांग्रेस बागलुङले शुक्रबार आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा पहिलाजस्तो गुनासो नभएको भन्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने बताए।

सभापति देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेकोले यसको आलोचना गर्ने बेला नभएको जनाए।

‘नेपालको संविधानको कार्यान्वयन र संघीयताको विषयमा छिटफुट गुनासालाई हामीले स्वभाविक मानेका छौं’, सभापति देउवाले भने, ‘वर्तमान संविधान पूर्ण कार्यान्वयनमा जान्छ त्यसमा कुनै शंका छैन। नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको कार्यान्वयनमा आएका केही समस्या हामी समाधान गरेर अगाडि बढ्छौं।’

उनले कांग्रेस पुनः सङ्गठित र थप मजुबद हुँदै जिल्ला सम्मेलन आयोजना गर्नु सुखद् पक्ष रहेको भन्दै पार्टीले वडादेखि जिल्ला सम्मेलनमार्फत संगठनलाई थप मजबुद बनाउँदै लगेकोमा कांग्रेसको जिल्ला कार्यसमिति बागलुङलाई धन्यवाद समेत दिए।

पछिल्लो समय बागलुङमा मात्रै नभएर देशभर कांग्रेसप्रतिको जनलहर बढिरहेको जनाउँदै उनले कांग्रेस विकास र समृद्धिको पक्षमा सदैव रहने बताउँदै राजनीतिक प्रतिशोधका आधारमा कसैलाई गाली गर्न नहुने बताए।

नेपाली काग्रेस जिल्ला कार्यसमिति बागलुङको सभापति तथा गण्डकी प्रदेश सभा सदस्य जीत शेरचनले संगठनलाई एकताबद्ध र मजबुद बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सभापति देउवाले उनलाई धन्यवाद समेत दिएका थिए।

कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको सही कार्यान्वयनमा अझै केही समस्या देखिएको भन्दै मुलुक संघीय संरचनामा गइसकेपछि प्रदेश र स्थानीय तहले केन्द्रीय सरकारकै मुख ताक्नुपर्ने अवस्था आउन नहुने धारणा राखे।

“संविधानले परिकल्पना गरेको संघीय संरचनाअनुसार स्वायत्त स्थानीय तह बनाउन कांग्रेसले निर्णायक भूमिका खेल्नु पर्छ”, उनले भने । पूर्वगृहमन्त्री समेत रहेका नेता सिटौलाले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यकता रहेको समेत बताए।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले ठूलो योगदान गरेको बताए । कांग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नु पर्ने भन्दै नेताहरु पनि उत्तरदायी र जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक १७, १८: ०५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० कार्तिक १७, १८: ०५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक १७, १८: ०५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...