

काठमाडौ । चर्चित व्यवसायिक मल भाटभटेनी सुपर स्टोर्सका सञ्चालक मीनबहादुर गुरुङका परिवारका सबैजसो सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थुनामा राखेर जरिवाना तिराउन माग दाबी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
उनी नेपालको व्यवसायिक क्षेत्रमा जसरी आकस्मिक रुपमा उदए त्यसरी नै व्यवसायिक अवसान हुन सक्ने धेरैले आंकलन गर्न थालेका छन् । मूल्य अभिवृद्धि करको नक्कली बिजक जारी गर्दै गैरकानुनी कारोबार गरेकोमा सर्वोच्च अदालतबाट ठहर भएलगत्तै उनलाई बालुवाटारको सरकारी जग्गाको कीर्ते गरी किनबेच गरेको आरोप छ ।
अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा बालुवाटारको सरकारी जग्गाको गैरकानुनी किनबेचमा व्यवसायी गुरुङसँगै उनका छोराछोरी, भाइ र बुहारीसमेतको संलग्नता रहेको भेटिएको छ । गुरुङका छोरा कल्याण, छोरी कामना, भाइ पहलमान र बुहारी सरला गुरुङले सरकारी जग्गा कीर्ते गरी बेचबिखन गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा जनाइएको छ । मीनबहादुरले ८ जनालाई जग्गा बेचेका थिए । उनले अभिताम्भ तुलाधर, नुतन श्रेष्ठ, डिम्पल बंशल, सरिता मानन्धर, नीतु गुरुङ, प्रविण ताम्राकार, भारती पाण्डे र अच्युतराज श्रेष्ठलाई ललिता निवासको जग्गा बेचेका थिए ।
अख्तियारलाई दिएको बयानमा गुरुङ्ले भाटभटेनी डेभलपमेन्ट प्रालिको नाममा बालुवाटारमा ४ र ५ कित्ता जग्गाहरु विभिन्न व्यक्तिबाट खरिद गरेको बताएका छन् । उनले केही कित्ता जग्गा प्रधानमन्त्री निवास विस्तारका क्रममा मन्त्रिपरिषद्को निर्णयबाट सट्टा भर्नाबाट आएको दाबी गरिएको छ । बालुवाटार जग्गा किनबेचमा मुछिएका पहलमान गुरुङ मीनबहादुरका भाइ हुन् । उनकी श्रीमती सरला पनि यो मुद्दामा तानिएकी छन् । सरलाले बैकुण्ठ शर्मा रेग्मीबाट जग्गा किने पनि अख्तियारको बयानमा कतिमा जग्गा खरिद गरिएको थियो भन्ने विषयमा बोल्न सकेकी थिइनन् ।
जग्गा फिर्ता गर्न राजी भएकाले नेकपा महासचिव पुत्र नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीमाथि मुद्दा चलाउन नपर्ने जनाएको थियो । तर न्यायाधीश रेग्मी र भाटभटेनीका सञ्चालक गुरुङ मिलेर ओमवीरमान ताम्राकारलाई जग्गा बेचेका थिए ।
यता ललितानिवासको सरकारी जग्गा किनेका नेकपाका महासचिव विष्णु पौडेलेका छोरा नविन पौडेलले सो जग्गा साविक यती डेभलपमेन्ट बैंकमा राखेर ४९ लाख ऋण लिएको घटना सार्वजनिक भएको छ ।
साविकको यती डेभलपमेन्ट बैंक हालको महालक्ष्मी विकास बैंकसँग मर्ज भएको थियो । ललिता निवासको सरकारी जग्गा भूमाफियासँगको मिलेमतोमा व्यक्तिगत बनाएको सार्वजनिक भएसँगै नेकपा महासचिव पौडेलले समेत ८ आना जग्गा छोराको नाममा किनेको खुलेको थियो । सोही जग्गा बैंकमा राखेर उनले ऋण निकालेको जनाइएको छ । न्यायाधिश रेग्मीले सिट नम्वर १०२–१०२५–१५ र कित्ता नम्वर ५११ खरिद गरेका थिए भने नविन पौडेलले सिट नम्वर शुक्रबार नै १०२–१०२५–१५को कित्ता नंम्वर ३०९ र ३१५ नम्वरका दुई कित्ता फिर्ता गरेको अख्तियारले जनाएको छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...