
काठमाडौं । नेपाली कांग्रेसको आगामी मंसिर १५ देखि हुने भनिएको महासमिति बैठक दुई सातापछि सरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास धुम्वाराहीमा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठकको मिति मंसिर १९ गतेसम्मको लागि सार्ने निर्णय गरेको हो।
आज बिहान १० बजे बस्ने सो बैठकले शुक्रबार राति पौने १२ बजे जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भएको जनधनको क्षति र त्यसको उद्धार तथा राहतका लागि पार्टी संगठनलाई क्रियाशिल बनाउने निर्णय गरेको छ।
त्यसका लागि बैठकले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई भुकम्पग्रस्त क्षेत्रको अनुगमन र सहजीकरणको जिम्मेवारी तोकेको छ। पार्टी प्रचार विभाग संयोजक मीन विश्वकर्माका अनुसार महामन्त्रीद्वय थापा र शर्माको संयोजकत्वमा भुकम्पग्रस्त क्षेत्रको अनुगमन तथा सहजीकरण समिति गठन गरिएको हो।
आइतबारबो बैठकमा कोशी प्रदेश सरकारलाई समर्थन गरेको नेकपा एमालेले सरकारबाट अलगत हुने गरी गरेको घोषणा लगायत समसामयिक विषयमा छलफल भएको भए पनि ठोस निष्कर्ष निस्कन सकेन ।
पार्टीको विधान अनुसार केन्द्रीय कार्य समिति बैठक तत्काल बस्न सम्भव नभएको अवस्थामा कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्ने छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...